अर्थ

आर्थिक पुनरुद्धार कोषको घोषणा

काठमाडौं, २२ पुस । हिजो बसेको मन्त्रिपरिषद बैठकले आपूर्ति व्यवस्थामा अवरोध र भूकम्पलगायतका कारण प्रभावित व्यवसायीलाई ऋण सहयोग गर्न एक खर्ब बराबरको आर्थिक पुनरुद्धार कोष घोषणा गरेको छ । बैठकले स्थापना गरेको कोषबाट नाकाबन्दीलगायत कारण समस्यामा परेका व्यवसायीहरुलाई सरकारले सहुलियतमा ऋण दिने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । सरकारको वार्षिक बजेट, श्वेतपत्र र राष्ट्र बैंकले […]

२०७२ पुष २२ गते, बुधबार

साठी लाखभन्दा कमका योजना उपभोक्ता समितिमार्फत

काठमाडौँ, २१ पुस । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिले पर्यटनसम्बन्धी रु ६० लाखभन्दा घटीका योजना सञ्चालन गर्दा पर्यटन कार्यालयमार्फत उपभोक्ता समितिअन्तर्गत मात्र गर्ने व्यवस्था मिलाउन पर्यटन, नागरिक उड्डयन तथा संस्कृति मन्त्रायलाई निर्देशन दिएको छ । समितिको आज बसेको बैठकले पर्यटन प्रवद्र्धनसम्बन्धी ठूला र रणनीतिक महत्वका रु ६० लाखभन्दा माथिका आयोजना पर्यटन विभागलाई सिधै सञ्चालन […]

२०७२ पुष २१ गते, मंगलवार

भारतले रोक्यो चिनियाँ कन्टेनर

काठमाडौ, २१ पुस । भारतले रक्सौलबाहेकका नाकाबाट पेट्रोलियम लगायत अन्य वस्तुको आयात सहज हुँदै गए पनि तेस्रो देशबाट आयात भएका सामान बोकेका कन्टेनर भने विभिन्न बाहनामा सीमा क्षेत्रमै रोकेको छ । सीमा क्षेत्रमा रोकिएका धेरैजसो कन्टेनर चिनियाँ सामानले भरिएका छन् ।व्यापारीहरुका अनुसार भारतमाथिको निर्भरता अझ बढाउन र नेपालमा चिनियाँ सामान निरुत्साहित गर्न भारतले कन्टेनर रोकेको […]

२०७२ पुष २१ गते, मंगलवार

सुन तस्करले उन्मुक्ति पाए

काठमाडौँ, १९ पुस । नेपाल प्रहरी र राजस्व अनुसन्धान विभागबीच फरक–फरक अनुसन्धान प्रक्रिया अगाडि बढ्दा सुन तस्करीमा सङ्लग्नहरु कारबाहीमा पर्न नसकेको तथ्य फेला परेको छ । जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले व्यवस्थापिका–संसद् मातहतको सार्वजनिक लेखा समितिमा प्रस्तुत गरेको विवरणका आधारमा सो तथ्य फेला परेको हो । नेपाल सुन तस्करीको ट्रान्जिट भइरहेको र त्यसलाई नियन्त्रण गर्न […]

२०७२ पुष १९ गते, आईतवार

फेरि लोडसेडिङ बढ्यो

काठमाडौ, २० पुस । नेपाल विद्युत प्राधिकरणले आजदेखि फेरि लोडसेडिङ बढाएको छ । दैनिक १३ घण्टासम्म विद्युत कटौती गर्ने गरी प्राधिकरणले आजबाट नयाँ तालिका लागू भएको हो । यसअघि सातामा ७७ घण्टा विद्युत कटौती हुँदै आएकोमा नयाँ तालिका अनुसार अब सातामा ८० घण्टासम्म विद्युत कटौती हुनेछ । नयाँ तालिका अनुसार दैनिक ८ देखि १४ घण्टासम्म […]

२०७२ पुष २० गते, सोमबार

कसले रोक्ने विद्युत् प्राधिकरणको मनपरी

काठमाडौं, १९ पुस । नेपाल विद्युत् प्राधिकरणले पटक–पटक ट्रान्सफर्मर र कन्डक्टर मर्मत गरिदिन आग्रह गरे पनि कुनै सुनुवाइ नगरेको उपभोक्ताहरुको गुनासो छ । प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मर समयमा मर्मत नगरिदिँदा राजधानीका दर्जनभन्दा बढी स्थानमा लामो बिध्युत सुचारु हुन सकेको छैन । काठमाडौँको बालाजु बाइपास, नेपालटार, गोंगबु, कोटेश्वर, कलङ्की, बलम्बु, कीतिपुर, थापागाउँलगायतका स्थानमा आधामात्रै विद्युत् प्रवाह हुने […]

२०७२ पुष १९ गते, आईतवार

चेम्बर एक्स्पो पुस २३ देखि

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले यही पुस २३ गतेदेखि २७ गतेसम्म काठमाडौमा नेपाल चेम्बर एक्स्पो गर्ने भएको छ । भूकम्प र भारतीय नाकाबन्दीले आर्थिक क्षेत्र सुस्ताएको बेलामा उद्योगी व्यवसायीमा उर्जा थप्ने उद्देश्यसहित भृकुटीमण्डपमा एक्स्पो आयोजना गर्न लागेको अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए । अध्यक्ष श्रेष्ठले नेपाली उत्पादनको बजारीकरण, व्यापार प्रबद्र्धन, आर्थिक सम्भाव्यताको खोजी तथा उपभोक्ताहरमा […]

२०७२ पुष १८ गते, शनिबार

नाकाबन्दीको कारण खरब रुपैयाँ बराबरको घाटा

काठमाडौँ । भारतले गरेको नाकाबन्दीपछि देशले भन्सार तथा आन्तरिक राजस्वबाट झण्डै एक खरब रुपैयाँ बराबरको घाटा बेहोर्नु परेको छ । तराई मधेसको आन्दोलन र नाकाबन्दीका कारण सङ्कट गहिरिँदै जाँदा आर्थिक स्वास्थ्य नराम्ररी प्रभावित भएको हो । मौजुदा दक्षिणी नाकामा समस्या उत्पन्न भइरहँदा गोरखा भूकम्पका कारण उत्तरी नाकासमेत ठप्प भएपछि थप जटिलता थपिएको छ । चालु […]

२०७२ पुष १८ गते, शनिबार

सरकारी निकाय नै इन्धन तस्करीमा

काठमाडौ, १७ पुस । जिल्ला प्रशासन कार्यालय दाङको सिफारिसका आधारमा बर्दियाबाट डिजेल तस्करी हुने गरेको खुलासा भएको छ । सरकारी निकायकै संलग्नताका बर्दियाबाट इन्धन तस्करी हुने गरेको खुलासा भएको हो । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका कार्यकर्ताले सोना सिमेन्ट दाङका दुईवटा ट्रक नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाएपछि यस्तो रहस्योद्घाटन भएको हो । बर्दियाको मोहम्मदपुर […]

२०७२ पुष १७ गते, शुक्रबार

कसले रोक्ने म्यानपावरको ठगि धन्दा ?

काठमाडौं, १६ पुस । वैदेशिक रोजगारीमा जाने कामदारलाई अधिकांश म्यानपावर कम्पनीले उनीहरुले तिरेको रकमको रसिद नदिने गरेको एक अध्ययनले देखाएको छ । वैदेशिक रोजगारीमा ठगिएकालाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउँदै आएको संस्था पिपुल फोरमले सार्वजनिक गरेको विवरणअनुसार ७५ प्रतिशत म्यानपावरले विदेशिने कामदारलाई रसिद दिने गरेका छैनन् । २०६५ मा गरिएको अध्ययनमा ८५ प्रतिशत म्यानपावरले रसिद […]

२०७२ पुष १६ गते, बिहीबार