सुन तोलाको ५१ हजार ३ सय रुपैयाँ

२०७२ माघ १५ गते, शुक्रबार

काठमाडौं, १५ माघ । आज सुन तोलाको ५१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । यो साता सुन तोलामा ११ सय रुपैयाँले महंगो भएको छ । शुक्रबार तेजावी सुनको मूल्य प्रतितोला ५१ हजार ५० रुपैयाँ कायम भएको छ । यो साता सुनको मूल्य महंगिएर ५१ हजार रुपैयाँ भन्दा माथि पुगेको हो ।
गत आइबतार सुनको मूल्य ५० हजार २ सय रुपैयाँ थियो । त्यसयता सुनको सुनको मूल्य लगातार माथि उक्लिएको थियो ।अमेरिकी मुद्रा बलियो भएका कारण अन्तर्राष्ट्रिय बजारमा पनि सुन महंगिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ६ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रियाहरु