मुग्लिन–नारायणगढ सडक अवरुद्ध

२०७२ माघ १५ गते, शुक्रबार

काठमाडौ, १५ माघ । मुग्लिन–नारायणगढ सडक गएराति ९ बजे खसेको पहिरोका कारण अवरुद्ध हुन पुगेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । कालिखोलामा ठूलो सुक्खा पहिरो खस्दा सडक अवरुद्ध हुन पुगेको हो । प्रहरीका अनुसार राति अबेरसम्म पनि पहिरो खस्ने क्रम जारी रहेकाले बाटो खुलाउने प्रयास समेत सुरु गर्न सकिएको छैन ।
पहिरो रोकिएपछि मात्रै डोजर प्रयोग गर्ने जनाइएको छ । सडक अवरुद्ध हुँदा चितवनबाट पोखरा–काठमाडौं जाने र आउने सवारी साधन बीच बाटोमै अलपत्रमा परेका छन् । यहाँ बाटो चौडा पार्ने कार्य दैनिक चलिरहेकाले दिउँसोको समयमा पनि दुई घन्टा सडक बन्द हुँदै आएको छ । राति समेत सडक बन्द हुँदा यात्रु प्रभावित भएका छन् ।

प्रतिक्रियाहरु