नेपाल भ्रष्टाचार सूचकांकको १३०औं स्थानमा

२०७२ माघ १३ गते, बुधबार

काठमाडौं, १३ माघ । ट्रान्सपरेन्सी इन्टरनेसनलले आज काठमाडौंमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको सूचकांकअनुसार नेपाल गत वर्षभन्दा दुई स्कोर कम पाएर भ्रष्टाचार बढी हुने देशको १ सय ३०औं स्थानमा पुगेको छ । सो अवसरमा टीआइ नेपालका अध्यक्ष भरतबहादुर थापाले नेपालमा पदको दुरुपयोग गर्ने अधिकारीहरुमाथि कारबाही कम भएको, भ्रष्टाचार नियन्त्रण प्रभावकारी नभएको, राज्यका प्रमुख अंगका अधिकारीहरुबाट पदको दुरुपयोग हुने गरेको पाइएको बताए । सूचकांकअनुसार विश्वमा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा डेनमार्क रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा उत्तर कोरिया र सोमालिया रहेका छन् । कुल १ सय ६८ देशको भ्रष्टाचार अवधारणा सूचकांकमा भारत ७६औं स्थानमा, चीन र श्रीलंका ८३औं, पाकिस्तान ११७ औं र बंगलादेश १ सय ३९औं स्थानमा रहेका छन् ।

प्रतिक्रियाहरु