विदेशी विनिमय शर्त अनुरुप प्रयोग नगरेको मुद्धाका फरार १३ बर्षपछि पक्राउ

२०७२ माघ १५ गते, शुक्रबार

काठमाडौँ, १५ माघ विदेशी विनिमय शर्त अनुरुप प्रयोग नगरेका मद्धाहरु थान ४ र सरकारी छाप दस्तखत किर्ते मुद्धाहरु २ थानमा काठमाडौं जिल्ला अदालतको एउटै मिति २०५९ साल असार २१ को फैसलाले २ बर्ष कैद र २ करोड ६२ लाख ३१ हजार ६६ रुपैयाँ जरीवाना हुने ठहरी कैद तथा जरीवाना वेरुजु रहेका मोरङ्ग बिराटनगर उपमहानगरपालिका–२ तिनपैनी स्थायी वतन भई काठमाडौँ महानगरपालिका–९ विजयचोक बस्ने ५९ बर्षीय कपिल प्रसाद पोखरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलिले विहिबार पिङ्गलास्थान काठमाडौंबाट पक्राउ गरेको छ ।
प्रहरीले पोखरेललाई काठमाडौँ जिल्ला अदालतमा पेश गरेकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजारमा पठाइएको छ । पोखरेलको नाममा घरेलु तथा साना उद्योग कार्यालय काठमाण्डौंमा मिति २०५१ असोज १० मा दर्ता नम्वर २०९२÷२९१ कायम भएको काठमाडौं नैकाप स्थित श्रीराम फिड इण्डष्ट्रिजको नाममा औद्योगिक कच्चा पदार्थ र कम्प्यूटर पार्टस हङ्गकङ्गबाट आयात गर्नका लगि हिमालयन बैंक लिमिटेड , राष्ट्रिय बाणिज्य बैंक बिशाल बजार र भोटाहिटी शाखामा बिभिन्न मितिमा प्रतितपत्रहरु खोली उल्लेख भए बमोजिम सामान पैठारी नगरी, सामान पैठारी भएको देखाउन नक्कली पैठारी भुक्तानी प्रमाणपत्र समेतका कागजातहरु खडा गरी सरकारी छाप दस्तखत किर्ते कसूर गर्नुका साथै २०५१ सालमा अमेरिकी डलर भुक्तानी लिई दुरुपयोग गरेको ठहर गर्दै काठमाडौं जिल्ला अदालतले विदेशी विनिमय शर्त अनुरुप प्रयोग नगरेको कसूरमा २ करोड ६२ लाख ३१ हजार ६६ रुपैयाँ जरीवाना तथा सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ सय रुपैयाँ जरीवाना र २ बर्ष कैद सजाय हुने फैसला गरेको थियो ।

प्रतिक्रियाहरु