गुल्मीमा ‘क्लोथ बैंक’

२०७२ माघ १३ गते, बुधबार

काठमाडौ, १३ माघ । गुल्मीका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलको पहलमा गुल्मी उद्योग वाणिज्य सङ्घको मातहतमा रहने गरी कपडा किन्न नसक्नेका लागि ‘क्लोथ बैंक’ अर्थात् कपडा घरको स्थापना गरिएको छ । सङ्घको कार्यालयमा क्लोथ बैंक उपसमिति गठन गरेर बैंकको सुरुवात गरिएको हो ।
विभिन्न समयमा विपतमा परेका तथा गरिबीका कारणले लुगा किनेर लगाउन नसक्नेका लागि क्लोथ बैंकको स्थापना गरिएको हो । बैंकमा जम्मा भएका कपडा असहायलाई वितरण गरिनेछ ।
गुल्मी उद्योग वाणिज्य सङ्घका महासचिव तारा भुसालले गरिबीका कारणले कपडा किन्न नसक्नेका लागि न्यानो बाँड्ने उद्देश्यले बैंकको स्थापना गरिएको बताए । गरिब असहायलाई बाँड्ने र दाताबाट सङ्कलन गर्ने गरी बैंकको स्थापना भएको भन्दै उनले भने, ‘क्लोथ बैंकमा अहिलेसम्म रु ९३ हजार नगद र केही कपडा जम्मा भइसकेको छ ।’
विकसित देशमा यो पुरानो कुरा भए पनि नेपालजस्तो देशका लागि यो एकदमै प्रभावकारी सहयोगको कार्यक्रम भएको उनको भनाई छ । कपडा सहयोग गर्ने क्रममा थोत्रा लुगा सहयोग हुन सक्ने भएकाले बैंकमा पुराना लुगा भने सङ्कलन गरिने छैन । यसै हप्तादेखि बैंकले कपडा बाँड्न सुरु गर्नेसमेत जनाएको छ ।
यसैबीच क्लोथ बैंकलाई गुल्मेली समाज जापानले स्वेटर, टिसर्ट, भोटो, मोजा, ज्याकेट, सर्टपाइन्ट, ट्राउजर, साडी, सल, ब्ल्याङ्केट लगायतका कपडा प्रदान गरेको छ । समाजका सल्लाहकार बाबुराम भण्डारीले क्लोथ बैंकका लागि व्यक्तिगत रुपमा नगद रु ३० हजारसमेत प्रदान गरेका छन् । गुल्मीमा निकै नयाँ सोचका साथ क्लोथ बैंक खुलेको र आफूहरुलाई राम्रो लागेकाले सहयोग गरेको उनको भनाइ छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

नेप्से १५.५४ अंकले बढ्यो

२०८१ जेष्ठ ९ गते, बुधबार

नेप्से २३.९४ अंकले बढ्यो

२०८१ जेष्ठ ८ गते, मंगलवार