अर्थ

भेरी नदीमा सुन खोज्दै चिनियाँ कम्पनी

काठमाडौ, ११ माघ । चिनियाँ कम्पनी धर्मश्री माइनले भेरी नदीको किनारमा सुनखानीको सम्भाव्यता अध्ययन थालेको छ । कम्पनीले जाजरकोटको खलङ्गा धल्ला र जगतिपुर मटेलास्थित भेरी नदीको बगरमा सुनखानीको सम्भाव्यता अध्ययन थालेको हो । धल्लामा चिनियाँ नागरिक सङ्पिङको नेतृत्वमा रहेको टोलीले दुई ठाउँमा जमिनमुनि ड्रिल गरेर अध्ययन गरिरहेको छ । एक सय ५० फिट गहिरो ड्रिल […]

२०७२ माघ ११ गते, सोमबार

सबै पम्पबाट इन्धन दिने तयारी

काठमाडौ, १० माघ । नेपाल आयल निगमले अर्को साताबाट सबै निजी पम्पबाट इन्धन वितरण तयारी गरेको छ । आयातमा सुधार र तीन डिपोको इन्धन उपत्यका भित्र्याउन निर्देशन दिएलगत्तै निजी पम्पबाट पनि वितरण गर्ने तयारी गरेको हो । केही दिनअघि निगमले विराटनगर, नेपालगन्ज र भैरहवा डिपोलाई इन्धन उपत्यका पठाउन निर्देशन दिएको थियो । ती डिपोहरूबाट इन्धन […]

२०७२ माघ ११ गते, सोमबार

कसले रोक्ने अायल निगमको ठगि धन्दा

काठमाडौ, ९ माघ । नेपाल आयल निगमले उपभोक्तामाथि खुलेआम बह्मलुट मच्चाउँदै आएको पाइएको छ । एकपछि अर्को गरी दर्जनौ शीर्षकमा खर्च देखाउने र त्यसले पनि नपुगेर सीमावर्ती बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य सस्तो हुन नहुने भन्ने झुटो प्रचारबाजी गरेर निगम र त्यसको उच्च नेतृत्व वर्षौदेखि उपभोक्ता ठग्न तल्लिन देखिएको छ । निगमका कार्यकारी निर्देशक […]

२०७२ माघ ९ गते, शनिबार

भिजिविलिटी कम भएपछि हवाई उडान प्रभावित

काठमाडौं, ८ माघ । काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँमा अहिले कुहिरो लागेको छ । कुहिरोका कारण २ सय मिटर मात्र भिजिविलिटी भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै उडान प्रभावित भएको छ । कुहिरोसँगै हावा चलेकाले भिजिविलिटी कम भएको मौसमविद् समिर श्रेष्ठ भनाई छ । बिहान १० बजेअघि काठमाडौंको कुहिरो हट्ने संभावना निकै कम रहेको […]

२०७२ माघ ८ गते, शुक्रबार

बङ्गलादेश व्यापार मेला सुरु हुदै

काठमाडौ, ६ माघ । नेपाल र बङ्गलादेशबीच व्यापार विस्तार लगानी प्रवद्र्धन गर्ने उद्देश्यले भोलिदेखि भृकुटीमण्डप प्रदर्शनीस्थलमा दोस्रो बङ्गलादेश व्यापार मेला हुँदैछ । यहाँस्थित बङ्गलादेशी दूतावासको आयोजनामा हुने पाँच दिने उक्त मेलामा निर्माण सामग्री, तयारी पोसाक, यान्त्रिक उपकरण, हस्तकला तथा छालाका उत्पादन, औषधि एवम् औषधिजन्य उत्पादन, विद्युतीय उपकरण र सूचना प्रविधिसँग सम्बन्धित वस्तु राखिनेछ । सूचना […]

२०७२ माघ ७ गते, बिहीबार

मन्त्रीसगै कानुनविपरीत अमेरिकी डलर सञ्चित !

काठमाडौं, ७ माघ । शान्ति तथा पुनर्निर्माण मन्त्री एकनाथ ढकालले कानुनविपरीत ५ हजार अमेरिकी डलर सञ्चित राखेको पाइएको छ । विदेशी विनिमय (नियमन गर्ने) ऐन २०१९ को दफा १२ को विदेश भ्रमणमा जाँदा राहदानीबापत पाइने सटही सुविधा र सञ्चित गर्न पाउने अमेरिकी डलरको सीमाभन्दा बढी रकम राखेर ढकालले कानुनको उल्लंघन गरेका हुन् । उनले प्रधानमन्त्री […]

२०७२ माघ ७ गते, बिहीबार

आज ३० लटसम्मका मोटरसाइकललाई तेल वितरण गरिने

काठमाडौ, ६ माघ । नेपाल आयल निगमले आजबाट मोटरसाइकललाई इन्धन वितरण गरिने भएको छ । निगमले आज, शुक्रबार र सोमबार तीनदिन दर्ता नम्बर (लट) को आधारमा पेट्रोल बाँड्ने जनाएको छ । पाँच लिटरका दरले पेट्रोल वितरण हुनेछ । निगमले आज १ देखि ३० लट, शुक्रबार ३१ देखि ५० र सोमबार ५१ लटभन्दा माथिका मोटरसाइकल,स्कुटरलाई इन्धन […]

२०७२ माघ ६ गते, बुधबार

आन्तरिक रुटमा हवाई भाडा घट्यो

काठमाडौं, ६ माघ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि निजी विमान कम्पनीले हवाई भाडा घटाएका छन् । विमान कम्पनीले आन्तरिक रुटमा बुधबारदेखि लागु हुने गरि हवाई भाडा घटाएका हुन् । आयल निगमले सोमबार रातिदेखि लागु हुने गरी हवाई इन्धनको मूल्य एक लिटरमा ६९ रुपैयाँ घटाएर एक सय ६४ रुपैयाँमा झारेको थियो । आन्तरिक […]

२०७२ माघ ६ गते, बुधबार

मूल्य वृद्धी दोब्बर बढ्यो : राष्ट्र बैंक

काठमाडौं, ५ माघ । नेपाल राष्ट्र बैंकले मुलुकको निर्यात व्यापार घट्दै गएको जनाएको । बैंकले चालु आर्थिक वर्षको पाँच महिनाको आर्थिक अवस्था सोमबार सार्वजनिक गर्दै कुल वस्तु निर्यात २९ दशमलव १ प्रतिशतले घटेर २६ अर्ब १७ करोडमा सीमित भएको जनाएको छ । भारतको अघोषित नाकाबन्दीपछि दक्षिणका भन्सार नाका बन्द भएका छन् भने भूकम्पका कारण उत्तरतर्फको […]

२०७२ माघ ५ गते, मंगलवार

श्रम बैंक स्थापनामा समान धारणा बनाउ : श्रम समिति

काठमाडौँ, ४ माघ । व्यवस्थापिका–संसद्, अन्तर्राष्ट्रिय सम्बन्ध तथ श्रम समितिले श्रम बैंक स्थापना सम्बन्धमा छलफल गरी १५ दिनभित्र समितिसमक्ष ठोस धारणा पेस गर्न श्रम तथा रोजगार मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको आजको बैठकले अर्थ मन्त्रालय, श्रम तथा रोजगार मन्त्रालय र नेपाल राष्ट्र बैंकबीच समान धारणा नदेखिएकाले यसबारे समान धारणा बनाएर आउन निर्देशन दिएको हो […]

२०७२ माघ ४ गते, सोमबार