अर्थ

पहुँचवालालाई जथाभावी सहयोग

काठमाडौं, ८ असार । सरकारले प्रभावशाली नेताका आफन्त र पहुँचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको छ । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको कार्यविधिमा रहेको आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च बिलअनुसार सोझै अस्पताललाई दिने व्यवस्थाविपरीत गृह मन्त्रालयको सिफारिसमा राम्रो आर्थिक हैसियत भएका पहुँचवालालाई जथाभावी सहयोग दिइएको हो […]

२०७३ असार ८ गते, बुधबार

ग्यास आयात नगर्ने उद्योगको दर्ता खारेज हुने

काठमाडौं, ८ असार । आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले अत्यावश्यकीय वस्तु एलपी ग्यास आयात नगर्ने ग्यास उद्योगको दर्ता खारेज हुने बताएका छन । ग्यास उद्योगीहरुले मंगलबारदेखि नै नेपाल आयल निगमबाट एलपी ग्यासको ‘पीडीओ’ लिन छाडेका छन् । एचपी ग्यासको सिलिन्डर पड्किएर ललितपुरमा तीनजनाको मृत्यु भएपछि सरकारले हिमालयन पेट्रोकेमिकल्सको पीडीओ रोक्का गर्न आयल निगमलाई निर्देशनपछि ग्यास […]

२०७३ असार ८ गते, बुधबार

नेपाल–चीन परामर्श बैठक स्थगित

काठमाडौँ, ७ असार । नेपाल–चीन परराष्ट्र सचिवस्तरीय ११औँ परामर्श बैठक स्थगन भएको छ । बैठक बुधबारका लागि निर्धारित गरिएको थियो । चिनियाँ अधिकारीहरु आन्तरिक कारणले बैठकमा उपस्थित हुन असमर्थ भएको जानकारी प्राप्त भएकाले उक्त बैठक पारस्परिक छलफलमा चाँडै सम्पन्न गर्ने सूचनासमेत बेइजिङबाट प्राप्त भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

२०७३ असार ७ गते, मंगलवार

सिलिन्डर विस्फोट छानबिन प्रतिवेदन सार्वजनिक

काठमाडौँ, ७ असार । मिति २०७३÷२÷७ मा ललितपुरको हौगालमा भएको एचपी ग्यासको सिलिन्डर विस्फोट सम्बन्धमा आपूर्ति मन्त्रालयले गठन गरेको छानबिन समितिले पेस गरेको प्रतिवेदन मन्त्रालयले सार्वजनिक गरेको छ । मन्त्रालयद्वारा सोमबार प्रकाशित विज्ञप्ति अनुमार विस्फोट भएको सिलिन्डर ग्यास उद्योगले मिति २०७१÷६÷११ मा खरिद गरेको देखिएको हुँदा सो सिलिन्डर नयाँ अवस्थाको रहेकाले नियमानुसार हाइड्रो स्टाटिक टेस्क […]

२०७३ असार ७ गते, मंगलवार

गरिबको खर्च खाद्यान्नमा, धनीको बिलासी वस्तुमा

काठमाडौ, ७ असार । गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता छ। गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको अध्ययनले देखाएको छ। नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० […]

२०७३ असार ७ गते, मंगलवार

कर्मचारीलाई ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता

काठमाडौ, ६ असार । सरकारले करिब एक अर्ब रुपैयाँ वित्तीय दायित्व पर्ने गरी कर्मचारीलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन भत्ता (इन्सेन्टिभ) दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्अन्तर्गतको आर्थिक पूर्वाधार समितिको केही दिनअघिको बैठकले सेवाग्राहीसँग प्रत्यक्ष सम्पर्क राख्ने निकायलाई भन्दा पनि पहुँचदार सरकारी कार्यालयका कर्मचारीलाई प्रोत्साहन भत्ता दिने निर्णय गरेको हो । प्रोत्साहन भत्ता लागू भएका कार्यालयका कर्मचारीले […]

२०७३ असार ६ गते, सोमबार

सुन्दरीजल प्रशोधन केन्द्र जीर्ण

काठमाडौँ, ६ असार । विसं २०२३ मा निर्माण भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड सुन्दरीजलको प्रशोधन केन्द्र जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको छ । उपत्यकामा सबैभन्दा बढी खानेपानी निर्यात गर्ने यो प्रशोधन केन्द्र ५० वर्षे अवधिमा सानातिना मर्मत मात्र गरेर चलाउँदै आएकाले जीर्ण भएर काम नगर्ने अवस्थामा पुगेको लिमिटेडका महाप्रबन्धक डा महेशप्रसाद भट्टराईले बताए । […]

२०७३ असार ६ गते, सोमबार

माथिल्लो कर्णाली जलविद्युत् आयोजना : प्रभावित क्षेत्रमा समर्थन, सुगम क्षेत्रमा विरोध

काठमाडौँ, ५ असार । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको समर्थनमा प्रभावित क्षेत्रका जनता देखिएका छन् भने सहर तथा सदरमुकाममा रहेका केही व्यक्ति तथा समूह विरोधमा रहेको पाइएको छ । आयोजना अगाडि बढाउँदा स्थानीयवासीको माग र भावनालाई सम्बोधन गर्नुपर्ने स्थानीय प्रभावितको धारणा छ भने सुगम क्षेत्रका नागरिकले क्षमताको विषयमा कुरा उठाएर विरोध गर्ने गरेका छन् । स्थानीयवासीलाई […]

२०७३ असार ५ गते, आईतवार

समीरको अध्यक्षतामा मजदुर केन्द्र गठन

काठमाडौं, ५ असार । विभिन्न क्षेत्रमा मजदुरी गर्ने मजदुरहरुको एक भेलाले मजदुर प्रकाश समीरको अध्यक्षतामा ११ सदस्सीय मजदुर सरोकार केन्द्र नेपालको गठन गरेको छ । मजदुर र मालिकका बीचमा रहेको असमानतालाई अन्त्य गर्ने, मजदुरहरुको अधिकार प्राप्तीका लागि एकजुट हुने र नेपालको मजदुर आन्दोलनलाई परिणामुखी बनाउने उदेश्यसहित राजधानीको बागबजारमा हिजो आयोजित एक भेलाले केन्द्रको गठन गरेको […]

२०७३ असार ५ गते, आईतवार

सस्तोमा सुन किन्न खोज्दा

काठमाडौ, ४ असार । सस्तोमा सुन किन्न खोज्दा ४० लाख रुपैयाँ गुमेको छ। ४० लाखमा एक किलो सुन दिने भन्दै एक युवक नाटकीय शैलीमा पैसा लिएर फरार भएका हुन्। सिरहाका सन्तोषकुमार यादव र नीरजकुमार यादवको ४० लाख रुपैयाँ गुमेको हो । यादवद्वयलाई सिरहाकै अमर सोनी र नवीनकुमार चौधरीले ठगेका हुन्। गौशालाको एक होटेलमा पैसा लिएपछि […]

२०७३ असार ४ गते, शनिबार