अर्थ

धुर्मुस सुन्तलीलाई १५ लाख सहयोग

काठमाडौ, १२ असार । नेपाल आँखा कार्यक्रम, तिलगंगा आँखा प्रतिष्ठानले गिरान्चौर एकिकृत बस्ती निर्माणमा जुटेका हाँस्य कलाकार धुर्मुस सुन्तलीलाई १५ लाख रुपैँया सहयोग गरेको छ । प्रतिष्ठानले आफ्नो २४ औँ वार्षिकोत्सवको अवसरमा बस्ती निर्माणका लागि उक्त रकम सहयोग गरेको हो । भूकम्पपश्चात शुभचिन्तकहरुबाट प्रतिष्ठानलाई प्राप्त सहयोग बस्ती निर्माणका लागि धुर्मुस सुन्तली फाउण्डेशनलाई हस्तान्तरण गरेको कार्यकारी […]

२०७३ असार १२ गते, आईतवार

अपर पिलुवाखोला दोस्रो जलविद्युत् दुई वर्षभित्र बन्ने

काठमाडौं, १२ असार । संखुवासभा जिल्लामा रहेको ४ दशमलव ७ मेगावाटको अपर पिलुवाखोला दोस्रो जलविद्युत् आयोजना दुई वर्षभित्र बन्ने भएको छ । उक्त आयोजनामा नेपाल बंगलादेश बैंकको अगुवाइमा लगानी हुने भएको छ । आयोजना प्रवद्र्धक मेन्छियम हाइड्रोपावर कम्पनी र नेपाल बंगलादेश बैंकबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । ८५ करोड रुपैयाँ लागत रहेको आयोजनामा ७० […]

२०७३ असार १२ गते, आईतवार

सागभन्दा कपडा सस्तो !

काठमाडौँ, ११ असार । तपाईंलाई सुन्दा अचम्म लाग्ला, एकमुठा सागभन्दा कपडा सस्तो हुन्छ भनेर । तर सामाखुसी टाउनप्लानिङमा रहेको एक पसलमा सागभन्दा कपडा सस्तोमा पाइन्छ । अहिले बजारमा एकमुठा सागको रु २० पर्छ तर उक्त पसलमा एउटा सर्ट भने रु १० मा नै पाउन सकिन्छ । समाजमा केही गरौंभन्ने भावनाका साथ केही वर्ष कोरिया बसेर […]

२०७३ असार ११ गते, शनिबार

सुनको मूल्य ह्वातै बढ्यो

काठमाडौँ, १० असार । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार अन्तर्राष्ट्रिय बजारमा डलरको मूल्यमा वृद्धि भएका कारण नेपाली बजारमा छापावाल सुन प्रतितोला रु तीन हजारले वृद्धि भएको छ । बिहीबार प्रतितोला रु ५६ हजारमा कारोबार भएको सुनको मूल्य आज रु ५९ हजार कायम भई कारोबार भएको महासङ्घले जनाएको छ । चाँदीको मूल्यमा भने सामान्य वृद्धि भएको […]

२०७३ असार १० गते, शुक्रबार

डेढ लाख पीडितसँग अनुदान सम्झौता

काठमाडौँ, १० असार । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पका कारण अति प्रभावित ११ जिल्लाका करिब डेढ लाख पीडितसँग अनुदान रकम वितरणका लागि सम्झौता भएको जानकारी दिएको छ । प्राधिकरणले बिहीबार जारी गरेको विज्ञप्तिअनुसार काठमाडौँ उपत्यकाबाहेकका ११ जिल्लाका एक लाख ४७ हजार १८८ जना भूकम्पपीडितसँग सम्झौता भएको हो । तीमध्ये पाँच हजार ८४१ जना घरधनीको खातामा मात्र […]

२०७३ असार १० गते, शुक्रबार

अफगानिस्तान, लिबिया, इराक र सिरिया जान प्रतिबन्ध

काठमाडौँ, १० असार । काबुलमा भएको आतङ्ककारी आक्रमणमा नेपालीको मृत्यु भएको घटनालगत्तै सरकारले अफगानिस्तान जान रोक लगाई श्रम स्वीकृति बन्द गर्ने र त्यहाँ रहेका नेपालीको सुरक्षाबारे अफगान सरकारसँग कूटनीतिक वार्तालाप गरी सुरक्षाको सुनिश्चितता गर्ने तथा असुरक्षित महसुस गरी नेपाल फर्कन चाहने नेपालीलाई आवश्यक सहयोग गर्ने निर्णय गरेको छ । त्यस्तै बैठकले लिबिया, इराक र सिरिया […]

२०७३ असार १० गते, शुक्रबार

कहाँबाट आउँछ सेयरबजारमा दैनिक २ अर्ब ?

काठमाडौ, ९ असार । साढे ६ महिनाअघि १३ मंसिरमा १ हजार २२ अंकमा रहँदा नेप्सेको बजार पुँजीकरण १० खर्ब रुपैयाँ थियो । त्यसयता नेप्से परिसूचक झन्डै ६ सय अंक बढेको छ भने बजार पुँजीकरणको आकार ७ खर्बभन्दा धेरैले बढिसकेको छ । पछिल्ला केही सातायता सेयरबजारको दैनिक कारोबार नै २ अर्ब रुपैयाँ नाघेको छ । सेयरबजारमा […]

२०७३ असार ९ गते, बिहीबार

मेवाखोला हाइड्रोपावर सञ्चालनको तयारीमा

काठमाडौँ, ९ असार । खोटाङ जिल्लामा सञ्चालन गर्न लागिएको मेवाखोला हाइड्रोपावर असार अन्तिमदेखि सञ्चालन हुने भएको छ । खोटाङ जिल्लालाई विद्युत्भार कटौतीमुक्त बनाउने अभियानका साथ उत्पादनको काम थालिएको एक मेगावाट क्षमताको जलविद्युत आयोजना असार अन्तिमदेखि सञ्चालन गर्ने तयारी गरिएको हो । सत्तरी प्रतिशत बैंकको लगानी तथा ३० प्रतिशत उपभोक्ताको सेयरबाट सञ्चालन गर्न लागिएको हाइड्रोपावरका लागि […]

२०७३ असार ९ गते, बिहीबार

पहुँचवालालाई जथाभावी सहयोग

काठमाडौं, ८ असार । सरकारले प्रभावशाली नेताका आफन्त र पहुँचवालालाई राज्यको ढुकुटीबाट डेढ करोड रुपैयाँभन्दा बढी आर्थिक सहायता वितरण गरेको छ । सरकार आफैंले बनाई कार्यान्वयनमा ल्याएको कार्यविधिमा रहेको आर्थिक अवस्था कमजोर भएका या विशिष्ट व्यक्तिहरूलाई उपचार खर्च बिलअनुसार सोझै अस्पताललाई दिने व्यवस्थाविपरीत गृह मन्त्रालयको सिफारिसमा राम्रो आर्थिक हैसियत भएका पहुँचवालालाई जथाभावी सहयोग दिइएको हो […]

२०७३ असार ८ गते, बुधबार

ग्यास आयात नगर्ने उद्योगको दर्ता खारेज हुने

काठमाडौं, ८ असार । आपूर्ति मन्त्रालयका प्रवक्ता आनन्दराम रेग्मीले अत्यावश्यकीय वस्तु एलपी ग्यास आयात नगर्ने ग्यास उद्योगको दर्ता खारेज हुने बताएका छन । ग्यास उद्योगीहरुले मंगलबारदेखि नै नेपाल आयल निगमबाट एलपी ग्यासको ‘पीडीओ’ लिन छाडेका छन् । एचपी ग्यासको सिलिन्डर पड्किएर ललितपुरमा तीनजनाको मृत्यु भएपछि सरकारले हिमालयन पेट्रोकेमिकल्सको पीडीओ रोक्का गर्न आयल निगमलाई निर्देशनपछि ग्यास […]

२०७३ असार ८ गते, बुधबार