अर्थ

व्यक्तिले पनि सञ्चय कोषमा रकम जम्मा गर्न पाउने !

काठमाडौ, ३१ जेठ । कर्मचारी सञ्चय कोषले नयाँ कार्यक्रम अघि बढाउन लागेको छ । सो कार्यक्रम लागू भएपछि स्वरोजगारी गर्ने व्यक्तिले पनि सञ्चयकोषमा रकम जम्मा गर्न पाउने छन् । कुनै संघसंस्थामा आबद्ध नभई आफ्नै व्यवसाय गरिरहेकालाई लक्षित गरी सो कार्यक्रम ल्याउन लागिएको सञ्चय कोषको भनाई छ । कर्मचारी सञ्चय कोष ऐन २०१९ संशोधन गर्दै सरकारी […]

२०७३ जेष्ठ ३१ गते, सोमबार

फ्रि भिसा र टिकट नमान्नेलाई कारवाही हुने

काठमाडाैं , ३० जेठ । व्यवस्थापिका संसद्को अन्र्तराष्ट्रिय सम्बन्ध तथा श्रम समितिको आज श्रम तथा रोजगारमन्त्री दिपक बोहोरा, वैदेशिक राजगार विभागका महानिर्देशक केदार बोगटी र वैदेशिक रोजगार व्यवसायी लगायतसँग छलफल गरेर फ्री भिसा फ्री टिकटमै कामदारलाई तोकिएका मुलुकमा पठाउन निर्देशन दिएको छ । समितिले फ्रि भिसा र टिकटको निर्णय प्रभावकारी रुपमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन […]

२०७३ जेष्ठ ३० गते, आईतवार

काठमाडौँ उपत्यकाकै सहरी गुरुयोजना छैन

काठमाडौँ, ३० जेठ । “तपाईं जो कसैलाई पनि मुलुकको राजधानी काठमाडौँ उपत्यकाको सहर विकाससम्बन्धी गुरुयोजना बनेको छैन भन्ने सुन्दा अचम्म लाग्न सक्छ तर वास्तवमै हो, सबैभन्दा ठूलो समस्या भनेको गुरुयोजना नै छैन ।” काठमाडौँ उपत्यका नगर विकास प्राधिकरणका आयुक्त डा भाइकाजी तिवारीले भन्नुभयो – “भोलिको दिनमा काठमाडौँ कस्तो हुने, कुन ठाउँमा सहर विस्तार गर्ने, कुन […]

२०७३ जेष्ठ ३० गते, आईतवार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

काठमाडौं, ३० जेठ । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेदेखि कालीखोलासम्मको भागमा ठाउँठाउँमा पहिरो खसेपछि आज बिहानबाट सडक अवरुद्ध बनेको छ । सो सडक विस्तार गरिरहेको नारायणगढ–मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार बिहान ४ः३० बजेबाट पहिरोका कारण सडक अवरुद्ध बनेको हो । जलवीरेदेखि कालीखोलासम्मको पाँच किलोमिटर भागमा सात ठाउँमा पहिरो खसेको छ । जसमध्ये जलवीरेमा ठूलो पहिरो […]

२०७३ जेष्ठ ३० गते, आईतवार

बाबुरामको पार्टी भेलामा २ करोड खर्च हुने

काठमाडौं, २९ जेठ । नयाँ शक्ति नेपालको पार्टी स्थापना घोषणा सभामा दुई करोड रुपैयाँ खर्च हुने भएको छ । नयाँ शक्तिले घोषणासभामा सहभागी हुने प्रतिनिधिहरुको व्यवस्थापन, मञ्च व्यवस्थापन, प्रचारप्रसार गर्नका लागि दुई करोड रुपैयाँ खर्च हुने अनुमान गरेको हो । एनेकपा माओवादी पत्यिाग गरेका भट्टराईले आठ महिना पछि नयाँ पार्टी खोल्न लागेका हुन् । दशरथ […]

२०७३ जेष्ठ २९ गते, शनिबार

ठग कार्की प्रहरीको फन्दामा

काठमाडौँ, २८ जेठ । ललितपुर ठेचो गाविस–९ घर हुने २७ बर्षीय सिद्दार्थ कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । अमेरिकन राजदुतावासको कर्मचारी हुँ भनी ठगी गर्दै गरेका कार्कीलाई प्रहरीले पक्राउ गरेको हो । कार्कीले रुपन्देही घर हुने प्रकाश कार्की लगायत ६ जना विद्यार्थीहरुलाई भुकम्प पिडित कोटामा प्रति व्यक्ति ४ लाख भन्दा बढि खर्च नलाग्ने, आफू दुतावासको […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

राहात बिक्रि गर्नेलाई जनही ५० हजार जरिवाना

काठमाडौँ, २८ जेठ । जिल्ला अदालत काभ्रेले गत बर्ष बैशाख १२ गते भुकम्प पछि पिडितहरुका लागि आएको राहात बिक्रि गर्दै हिडेको अबस्थामा पक्राउ परेका नेपालि कांग्रेसका कार्यकर्तालाई जनही ५० हजार जरिवाना गर्ने फैसाला गरेको छ । राहात बिक्रिको आरोप लागेका ६ जनामा तिन जनाले माफी पाएका छन् भने बाकिलाई जरिवाना तोकिएको छ । जिल्ला अदालत […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

सप्तरीमा वार्षिक १३ करोडको पान बिक्री

काठमाडौँ, २८ जेठ । सप्तरीका २८ प्रतिशत जनता अझै गरिबीको रेखामुनी छन् । कैयौं खुला आकाशमुनी बस्न बाध्य छन् । कतिपयको चुनो दुई–तीन छाकसम्म बल्दैन । तर यही जिल्लाका बासिन्दाले पान खानका लागि वार्षिक १३ करोड रुपैयाँ खर्चन्छन् । राजविराजमा बन्धुलाल दास र रोहितचन्द्र दास पानका थोक विक्रेता हुन् । बिहानैदेखि राजविराज हटियाका उनीहरुको पसलमा […]

२०७३ जेष्ठ २८ गते, शुक्रबार

बागमतीबाटै २४० किलोवाट प्रतिघण्टा विद्युत निकाल्न ठेक्का

काठमाडौं, २७ जेठ । पानी नभएर ढल बगिरहेको बागमतीबाट अब चाँडै बिजुली बाल्ने योजना सुन्दा अचम्मजस्तै लाग्छ । तर काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) अन्तर्गतको आयोजनाले बागमतीबाट बिजुली निकाल्न ठेक्कासमेत आह्वान गरिसकेको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका अनुसार बागमतीमा थप शक्तिशाली ढल प्रशोधन केन्द्र राख्ने र त्यसबाट बिजुली निकाल्ने योजनामा काम […]

२०७३ जेष्ठ २७ गते, बिहीबार

फोहोरमैला व्यवस्थापन निजीक्षेत्रलाई

काठमाडौँ, २६ जेठ । काठमाडौँ महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिङ तामाङले महानगरभित्रको फोहोरमैलाको व्यवस्थापन गर्ने जिम्मा अब निजीक्षेत्रलाई दिने गरी तयारी गरेको बताएका छन । महानगरपालिकाले अहिलेसम्म महानगर क्षेत्रको फोहोरमैला आफैले व्यवस्थापन गर्दै आएको र यस क्रममा थुप्रै समस्या झेल्नुपरेको भन्दै यसको दीर्घकालीन समाधान गर्ने गरी फोहोर व्यवस्थापनको जिम्मा निजीक्षेत्रलाई दिने तयारी गरेकोउनको भनाइ छ । […]

२०७३ जेष्ठ २६ गते, बुधबार