गरिबको खर्च खाद्यान्नमा, धनीको बिलासी वस्तुमा

२०७३ असार ७ गते, मंगलवार

काठमाडौ, ७ असार । गरिब र धनीले गर्ने खर्च संरचनामा ठूलो असमानता छ। गरिबका खर्चको अधिकांश हिस्सा खाद्यान्नमा उपयोग हुन्छ भने धनीले विलासी बस्तु तथा सेवामा बढी खर्च गर्ने गरेको अध्ययनले देखाएको छ।
नेपाल राष्ट्रबैंकले हालै सार्वजनिक गरेको पाँचौ घरपरिवार सर्वेक्षणअनुसार सबैभन्दा गरिब २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ५६.८४ प्रतिशत र माथिल्ला धनी २० प्रतिशतले खाद्यान्न तथा पेय पदार्थमा ३२.८६ प्रतिशत मात्रै उपयोग गर्छन्।
सर्वेक्षणअनुसार गरिबले खाद्यान्न तथा गैरमदिराजन्य पेय, मदिराजन्य तथा सुर्तिजन्य र आवास तथा उपयोगिताका बस्तु बढी प्रयोग गरेको देखिएको छ।
खाद्यान्न तथा पेय र आवासबाहेक सबै वस्तु तथा सेवा धनीहरुले बढी प्रयोग गर्नेगरेको अध्ययनको निष्कर्ष छ । – कारोबार दैनिकवाट

प्रतिक्रियाहरु