प्रवास

पुर्व गोर्खाको हितमा स्किल्स एण्ड केयर

लण्डन । बेलायतको साउथ इष्ट लण्डनस्थित स्किल्स एण्ड केयर नामक परोपकारी संस्थाले स्थानीय पुर्व गोर्खाहरुको हितका लागि शुरु गरेको अंग्रेजी भाषा कक्षाले उनीहरुको क्षमता अभिबृद्धिमा सहयोग पु¥याएको सहभागिहरुले बताएका छन् । नेपालबाट आउंदा केहि बोल्न तथा हिड्न पनि असमर्थ थियौं, सहभागि कमला तुलाचनले अंग्रेजको देशमा आएर व्यवहारीक कुराहरु सिक्न पाएको बताइन । अस्पताल, जीपी, जांदा […]

२०७२ जेष्ठ २७ गते, बुधबार

भूकम्पपीडितको सहयोगाथ यूएईमा सांगीतिक कार्यक्रम हुने

यूएई । भूकम्पपीडित नेपालीहरुको सहयोगार्थ यूएईको राजधानी अबुधाबीमापूर्ण च्यारिटी मूलक सांगीतिक कार्यक्रम हुने भएको छ । उक्त सांगीतिक कार्यक्रमको टिकटबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने आयोजक समितिले बताएको छ । नेपाली चलचित्रका महानायक राजेश हमालको नेतृत्वमा, हास्यकलाकार दीपकराज गिरी,दीपाश्री निरौला,गायक तिलक बम मल्ल,पपगायिकाआस्था राउत, तेरिया फौजा मगर, इन्द्र जीसी, सम्झना लामिछाने लगायतका […]

२०७२ जेष्ठ २४ गते, आईतवार

एनआरएन विश्व सम्मेलन अक्टोवर १४ देखि

काठमाडौँ । अक्टोवर १४ देखि १७ सम्म काठमाडौंमा हुने ७ औं गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलन पालभित्र हुने भएको छ । आगामी विश्व सम्मेलन भूकम्प प्रभावित क्षेत्रमै गएर गर्ने तयारी भइरहेको संघका महासचिव कुमार पन्तले जनाए । गैरआवासीय नेपाली संघको गतआइतवार सम्पन्न पदाधिकारी बैठकले विश्व सम्मेलनको निर्वाचन र समापनबाहेक अन्य कार्यक्रम भूकम्प पीडित […]

२०७२ जेष्ठ २३ गते, शनिबार

वाटफोर्ड नेपाली समाजद्वारा दुई लाख सहयोग

काठमाडौ । गत बैशाख १२ को महाभूकम्पपछि तहसनहस देश बिस्तारै मूलबाटोमा फर्किंदै छ भने देशविदेशमा बस्ने नेपाली समुदायले पनि आर्थिक-भौतिक सहयोग जुटाउने काम जारी राखेका छन् । मुटुमा देश बोकेर विदेशी माटोमा पसिना बगाइरहेका लाखौं नेपालीले यो राष्ट्रिय विपत्तिमा मन खोलेर सहयोग गरे । त्यसमा पनि सदाझैँ बेलायतवासी नेपालीहरू अग्र पंक्तिमा देखिए । यसै क्रममा […]

२०७२ जेष्ठ २२ गते, शुक्रबार

पत्रकार महासंघको भारत शाखा गठन

काठमाडौ । छिमेकी मुलुक भारतमा लामो समय यतादेखि पत्रकारिता क्षेत्रमा क्रियाशील नेपाली मुलका दुई दर्जन भन्दा बढि पत्रकारहरुको सामुहिक पहलमा नेपाल पत्रकार महासंघ भारत च्याप्टरको एक कार्यक्रमका वीच विधिवत गठन गरिएको छ । भारतबाट प्रकाशित हुँदै आएको नेपाल आवाज दैनिकका सम्पादक लोकेश शाह आर्यनको अध्यक्षतामा नवगठित पत्रकार महासंघ भारत च्याप्टरको उपाध्यक्ष, महासचिव सचिव, सहसचिव, कोषाध्यक्ष […]

२०७२ जेष्ठ १९ गते, मंगलवार

बृटिश गोरखा भुपु सैनिक संघ केन्द्रिय समितिको अन्तरक्रिया कार्यक्रम संपन्न

काठमाडौ, १८ जेठ ।बृटिश गोरखा भुपु सैनिक संघ ( BGESO ) केन्द्रिय समितिले लन्डनमा एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । बृटिश सरकारबाट गोर्खासेनाहरुप्रति विभेद र असमानजनक सर -सुबिधाको नीति अवलम्बन भएको हुनाले सो कुराहरुको तत्काल अन्त्यको लागि BGESO गत एक दसकबाट संघर्सरत छ । सँगको आगामी कार्यनीति तयगर्नका लागि आयोजित उक्त कार्यक्रम केन्द्रीय सभापति […]

२०७२ जेष्ठ १८ गते, सोमबार

नेपाली समाज युएईको अध्यक्षमा चन्द्र सापकोटा निर्वाचित

काठमाडौ, १७ जेठ । नेपाली समाज युएईको अध्यक्षमा चन्द्र प्रसाद सापकोटा निर्वाचित भएका छन् । संयुक्त अरब एमिरेट्स युएईको नेपालीको सबै भन्दा पुरानो संस्था नेपाली समाज युएईको गत शुक्रबार दुबइमा भएको समाजको निर्वाचनमा बिदुर राउतलाई परजित गर्दै सापकोटाको नेतृत्वमा अध्यक्षमा निर्वाचित भएका हुन् । अध्यक्षका लागि मात्र भएको निर्वाचनमा सापकोटाले १ सय ३ र राउतले […]

२०७२ जेष्ठ १७ गते, आईतवार

एनआरएन मकाउद्वारा भूकम्प पीडितका लागि ४० लाख सहयोग

काठमाण्डौ । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति मकाउले नेपालका भूकम्प पीडितका लागि राहतस्वरुप ४० लाख रुपैयाँ प्रदान गरेको छ । राष्ट्रिय समन्वय समिति मकाउले आफ्ना सदस्यमार्फत संकलन गरेको सो रकम गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिलाई हस्तान्तरण गरेको हो । शुक्रबार काठमाण्डौंमा आयोजित कार्यक्रममा एनआरएन मकाउका अध्यक्ष सुदर्शन थापाले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय […]

२०७२ जेष्ठ १० गते, आईतवार

दुबईमा एभरेष्ट रेष्टुरेण्ट

दुबई – “मिठो सफा, ताजा र स्वादिलो नेपाली खाना” एभरेष्ट रेष्टुरेण्टको चाहना, भन्दै २१ मे बिहीबार बाट दुबईको मुटु मानिने बरदुबईमा “एभरेष्ट रेष्टुरेण्ट” संचालनमा आएको छ। युएई मा रहदै आउनु भयका नेपाली डा. दिनेश आचार्य र लिला राई को सयुक्त लगानीमा ब्यबसाय संचालनमा आयको हो। स्तरिय बिभिन्न नेपाली समुदायका खाना संगै बिदेशी मूल का परिकार […]

२०७२ जेष्ठ ८ गते, शुक्रबार

युएईमा विप्लब मोर्चाको शोक सभा

नेपाली जनप्रगतिशील मोर्चा, यूएई विप्लब समर्थक मोर्चाले २५ अप्रिल शनिबार गएको विनासकारी महा भुकुमपा परि ज्यान गुमाएका मृतकहरुको सम्झनामा शोक समाहरोह सम्पन्न गरेको छ । यूएईको राजधानी अबुधाबी स्थित मोहम्मद रेस्टुरेन्टको सभा हलमा मोर्चाको अध्यक्ष रामशरण कडरियाको सभापतित्व र समर खत्रीको बिशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा संचालन मोर्चाका महासचिब पृथीछक बुढा मगरले गर्नु भएको […]

२०७२ जेष्ठ २ गते, शनिबार