नेपाली समाज युएईको अध्यक्षमा चन्द्र सापकोटा निर्वाचित

२०७२ जेष्ठ १७ गते, आईतवार

काठमाडौ, १७ जेठ । नेपाली समाज युएईको अध्यक्षमा चन्द्र प्रसाद सापकोटा निर्वाचित भएका छन् । संयुक्त अरब एमिरेट्स युएईको नेपालीको सबै भन्दा पुरानो संस्था नेपाली समाज युएईको गत शुक्रबार दुबइमा भएको समाजको निर्वाचनमा बिदुर राउतलाई परजित गर्दै सापकोटाको नेतृत्वमा अध्यक्षमा निर्वाचित भएका हुन् ।
अध्यक्षका लागि मात्र भएको निर्वाचनमा सापकोटाले १ सय ३ र राउतले ३५ मत प्राप्त गरेका थिए । २५ बर्ष पुरानो नेपाली समाज युएईको ईतिहासमा पहिलो पटक मतदान प्रकृया मार्फत अध्यक्ष चुनिएको हो । १५ सदस्यिय नयाँ कार्यसमितिमा अध्यक्ष बाहेक अन्य पदका लागि भने सहमती भएको थियो । समाजको उपाध्यक्षमा दिपा पाण्डे , राम मोक्तान र कृष्ण न्यौपाने , महासचिवमा मणी प्रसाद भुर्तेल, सचिवमा सुरज भित्रीकोटी, कोषाध्यक्षमा नरेन्द्र गिरी र सह-कोषाध्यक्षमा कृष्ण पौड्याल, चयन भएका छन ।
त्यस्तै सदस्यहरुमा बलराम कुईकेल, मान बहादुर महतो, जगत क्षेत्री, नारायण प्रसाद आचार्य र मनोज कुमार सैजु तथा पार्षद अध्यक्षमा उपेन्द्र राना मगरलाई सर्वसम्मत चयन भएका छन ।

प्रतिक्रियाहरु