बृटिश गोरखा भुपु सैनिक संघ केन्द्रिय समितिको अन्तरक्रिया कार्यक्रम संपन्न

२०७२ जेष्ठ १८ गते, सोमबार

काठमाडौ, १८ जेठ ।बृटिश गोरखा भुपु सैनिक संघ ( BGESO ) केन्द्रिय समितिले लन्डनमा एक बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्यो । बृटिश सरकारबाट गोर्खासेनाहरुप्रति विभेद र असमानजनक सर -सुबिधाको नीति अवलम्बन भएको हुनाले सो कुराहरुको तत्काल अन्त्यको लागि BGESO गत एक दसकबाट संघर्सरत छ । सँगको आगामी कार्यनीति तयगर्नका लागि आयोजित उक्त कार्यक्रम केन्द्रीय सभापति पदम सुन्दर लिम्बुले संगठनको बिस्तृत वृतान्त- जानकारी दिदै संचालन गरेका थिए । लिम्बुले जानकारीको क्रममा न्याय पूर्ण मागहरु सम्बोधन नभए जेनेभा तथा संयुक्त संयुक्त राष्ट्र संगसम्मको ढोका घाचघचाउन समेत BGESO पछी नपर्ने कुरा उल्लेख गरेका थिए । उपसभापति रबिन्द्र तुम्बाहाङ्ग्फेको अध्यक्षता संचालित उक्त कार्यक्रममा अर्का उपसभापति उपसभापति दिल सम्बाहाम्फेको स्वागत मन्तब्यबाट औपचारिक सुरुवात भएको थियो ।
कार्यक्रममा संगका उपसभापति नरेन्द्र काम्बाङ्गले कार्यपत्र प्रस्तुत गरेका थिए । सो कार्यपत्रमा बेलायती सेनासरह बहालवाला र अवकासप्राप्त बृटिश गोरखा सेनाहरुलाई समान तलव, भत्ता र पेन्सनको व्यवस्था गरिन पर्ने , १८ वर्ष भन्दा माथिका र ४० वर्ष मुनिका बृटिश गोरखा भुपुसेनाहरुको छोराछोरीहरुलाई आइएलआर वा सयुक्त राज्य बेलायतभित्र काम गर्न पाउने अनुमितिको व्यवस्था हुन पर्ने , बिना पेन्सन नेपाल पठाइएकालाई पेन्सन वा एक मुष्ट रकम क्षतिपुर्तिको व्यवस्था गरिन पर्ने कुरा उल्लेख थियो । साथै गोरखा वल्फेयरबाट उठेको रकम गोरखाहरुको लागि सही मानेमा उपयोग गरिनु पर्ने र नेपाल सरकारले निज गोर्खासेनाहरुको नागरिकताको निरन्तरताको मागलाई सम्बोधन गर्नपर्ने जस्ता कुराहरुको समेत उल्लेख थियो । कार्यक्रमको बिशेस ब्यबस्थापन संगका महासचिव छिरिंग सेर्पा तथा कोषाध्यक्ष सरमान यक्सोले गर्नुभएको थियो भने सो कार्यक्रममा विभिन्न सँगसँस्था प्रमुख तथा प्रतिनिधि , नागरिक समाज , बुद्धिजीवी , राजनैतिक पार्टी प्रतिनिधि , सैनिक बिस्लेशक , समाजसेवीहरुको उपस्थिति थियो ।

कार्यक्रममा पूर्व बरिस्ठ सैनिक अधिकृत खगेन्द्र पाठकले BGESO को समानताको अभियानलाई राष्ट्रिय मुद्दाको रुपमा उठान गर्न पर्ने दाबी गर्नु भयो भने NRN बेलायतका कोषाध्यक्ष तथा यति एसोसिएसनका उपाध्यक्ष ठाकुर प्रसाद शर्माले देश विनाशकारी भुकम्फ़बाट प्रताडित बनेको संगिन घडीमा बृटिश गोरखा भुपु सैनिक संघ (BGESO ) ले राहत तथा पुन निर्माणका लागि शसक्त पहल गर्न आह्वान गर्नु भएको थियो । साथै प्रगतिशील नेपाली समाज बेलायतका बरिस्ठ उपाध्यक्ष -मनोज अन्जनले बेलायतमा रहेका नेपालीहरुमा ८० प्रतिशत भन्दा बढी रहेका भुपु सेना तथा परिवारहरुको मागमा सबै सँगसंस्थाहरुले साथ् दिन पर्ने बिचार राख्नुभयो ।

जन एकता समाजका संयोजक पूर्ण लोक्सोमले मानव अधिकार र प्रजातन्त्रको ठकेदार सम्झने बेलायतले आफ्नै देशको सुरक्षा तथा बिस्तारबादी अभियानमा रगत दिने बिर गोर्खासेनाको सर -सुबिधामा विभेदकारी नीति अबलम्बन हुनु दुखपूर्ण काम भएको र ति नीतिहरुको बिरुद्धमा एकजुट भई संघर्स गर्नुपर्ने राय राख्नु भयो । साथै त्रिपक्षिय सन्धि मार्फत होनहार नेपाली जवानहरुलाई बेलायती सैनिक सेवामा जान प्रेरित गर्नको साथै सो बापत हालसम्म अम्दामी लिई रहेको नेपाली सरकारका साथै विभिन्न सिधान्त र बादका ठेली जपाउने राजनीतिक पार्टीहरुले समेत सो न्यायपूर्ण अभियानमा साथ दिन कन्जुस्याई गरेको दुखेसो गर्नुभयो । कार्यक्रमका प्रमुख अतिथि तथा पुर्व सभासद शोभा कट्टेलले गोर्खा सेनाहरु प्रतिको बिभेधता र असमानताको मुद्दालाई कुटनैतिक पहलबाट पनि समधानका लागि दबाब दिन पर्ने र आफ्नो मुद्दालाई व्यापक छलफल मार्फत बिशिस्टीकरण र केन्द्रिकरण गर्नपर्ने सुझाव राख्नुभयो । कलेज संचालक महेश रेग्मी , NRN – ICC पुर्व सदस्य बुद्दि बहादुर थापा , समाजसेवी फुल प्रसाद कंडेल र बिद्यार्थी नेता दिलिप महासेठ , चाल्टन समाजका महासचिब तोयानाथ रिजाल , भद्रगोल टेली सिरियलका निर्देशक सुबाश कार्की लगायतले पनि गोर्खा सेनाको अन्दोलन प्रति भिभिन्न सल्लाह सुझाव सहित आफु सम्बद्ध सँस्थाको पूर्ण सहयोग समर्थन रहने प्रतिवद्धता जाहेर गर्नु भयो । भने स्थानीय कानुन ब्यबसायी सन्जिब कार्कीले तत्कालिन आवासीय भिसाका बारेमा जानकारी दिनु भएको थियो ।

करिव ५ घण्टा चलेको बहसमा उपस्थित सम्पूर्ण संग संस्थाका प्रतिनिधि , समाजसेवी , बुद्दिजिवि , राजनैतिक प्रतिनिधि हरुले BGESO को अभियानमा सम्पूर्ण रुपले सहयोग गर्ने बचन बद्दता प्रकट गरेका थिए । भने आयोजकले आफ्नो संघर्समा कार्यक्रमले थप उर्जा र मार्ग निर्देशन प्राप्त गरेको र आगामी दिन बेलायती राजनैतिक दल तथा ब्रिटिस सरकार सम्बद्ध व्यक्तित्वहरुको साथमा अझ बृहत्तर अन्तरक्रियाको आयोजना गर्ने कुरा बताए ।

प्रतिक्रियाहरु