भूकम्पपीडितको सहयोगाथ यूएईमा सांगीतिक कार्यक्रम हुने

२०७२ जेष्ठ २४ गते, आईतवार

यूएई । भूकम्पपीडित नेपालीहरुको सहयोगार्थ यूएईको राजधानी अबुधाबीमापूर्ण च्यारिटी मूलक सांगीतिक कार्यक्रम हुने भएको छ । उक्त सांगीतिक कार्यक्रमको टिकटबाट प्राप्त सम्पूर्ण रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने आयोजक समितिले बताएको छ ।
नेपाली चलचित्रका महानायक राजेश हमालको नेतृत्वमा, हास्यकलाकार दीपकराज गिरी,दीपाश्री निरौला,गायक तिलक बम मल्ल,पपगायिकाआस्था राउत, तेरिया फौजा मगर, इन्द्र जीसी, सम्झना लामिछाने लगायतका कलाकारहरुको साथमा राजेश हमालकी नवविवाहिता पत्नी मधु भट्राई पनि रहने छिन् । सोही कार्यक्रमका लागि अस्टे«लियाबाट पपगायिका प्रजिता गेलाल सहभागी हुने आयोजकले जनाएका छन् ।
आगामी जुन १२ तारिख अबुधाबीको अलनादा स्कुलको अडिटोरियममाआयोजनाहुने उक्त सांगीतिक कार्यक्रम भव्यताका साथ सम्पन्नगर्न एनआरएनकाअध्यक्ष कृष्ण भुसालको संयोजकत्वमा एक मूल समिति गठन भएको छ । नेपाली दूताबासको संरक्षकत्व तथा यूएई भरिका क्रियाशील नेपाली व्यक्ति तथा संस्थाहरुको सहभागितामा विभिन्न समिति तथा उपसमितिहरु गठन गरी च्यारिटीमूलक कार्यक्रमलाई भव्यताका साथ सफल बनाउन सक्रिय भएका छन् ।
यस सांगीतिक कार्यक्रमबाट उल्लेख्य रकम संकलन गर्ने लक्ष्य लिइएको छ । सुरुमा अन्तर्राष्ट्रिय कलाकार समाज, यूएईले कार्यक्रमको रुपरेखा तयार पारे पनि कार्यक्रमको आकार व्यापक हुने भएका कारण एनआरएनलाई सक्रिय बनाउदाअझ प्रभावकारी हुने लक्ष्यका साथमूल समितिमा अध्यक्ष भुसाल रहेको महाभूकम्प राहत तथा उद्धार कोषलाई अगाडि सारिएको बताइएको छ ।
नेपाली चलचित्र, नेपाली आधुनिक तथा लोक साथै पपसंगीतका हस्ती कलाकारहरुको जोडदार प्रस्तुति रहने कार्यक्रममा टिकटमार्फत् जम्मा भएको सम्पूर्ण रकमप्रधानमन्त्री राहत कोषमा जम्मा हुने भएका कारण यूएईमा क्रियाशील सबै संस्थाहरुलाई एकजुट भई सहयोग गर्न आयोजकले आग्रह गरेका छन् ।
महाविपत्तिमा धेरैले सहयोगी हात अघि बढाइरहेको बेला कलाकारहरुले पनि कुनै पारिश्रमिक नलिई यस सांगीतिक अभियानलाई पूर्णरुपमा च्यारिटीमय बनाउने प्रयास भइरहको अन्तर्राष्ट्रिय कलाकार समाज, यूएईका अध्यक्ष मोहराजशर्माले बताएका छन् । त्यसरी नै च्यारिटीको लागि भनेर अलनादा स्कुलले हल भाडा पनि निःशुल्क गरिदिएको अबुधाबीमै कार्यरत गायक प्रकाश पौडेलले जानकारी दिएका छन् ।
अलएनस्थित अन्नपूर्ण ट्राभल्सले सबै कलाकारहरुको भिसा पनि निःशुल्क उपलब्ध गराउने आयोजकहरुले बताएका कारण कार्यक्रमबाट उल्लेख्य रकमप्रधानमन्त्री राहत कोषमा जम्मा हुने आयोजकहरुको विश्वास छ ।
भूकम्पको पीडामा संगीतको मलम लगाई सेवागर्ने बेला आएको कार्यक्रमका व्यवस्थापक भरत राना मगरले बताएका छन् । आयोजक समितिले कार्यक्रमको सफलताको लागि यूएईमा रहेका सबै सक्रिय नेपाली संघसंस्थाहरुसग सहकार्यकालागि अपिल गरेको छ । यही कार्यक्रमको सफलताक ालागि यूएर्इ भरिका नेपालीहरु तथा संघसंस्थाहरुबीच अभुतपूर्व रुपमा एकता भएको सतहमा देखिएको छ । यस्तै एकता पछिल्ला दिनहरुमा कायम रहने हो भने यूएईको नेपाली समुदाय विश्वमै उदाहरणीय बन्ने जानककारहरु बताउछन् । – रामप्रसाद ढुंगेल

प्रतिक्रियाहरु