बिश्व

टर्कीमा सैन्य ‘कू’

काठमाडौं, १ साउन । टर्कीमा सैनिकहरुको एउटा समूहले सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको छ । शुक्रबार रातिदेखि राजधानी अंकारा र अर्को मुख्य सहर इस्तानबुलमा ठूलो मात्रामा हतियारले सुसज्जित सैनिक परिचालन गरिएको छ । एक टीभी स्टेसनलाई नियन्त्रणमा लिँदै सैनिक अधिकारीहरुले टर्कीको सत्ता आफ्नो हातमा लिएको र छिटै नयाँ संविधान जारी हुने बताएका छन् । […]

२०७३ श्रावण १ गते, शनिबार

लरीले किचेर ७५ जनाको मृत्यु !

काठमाडौ, ३१ असार । फ्रान्सको नीस शहरमा लरीले किचेर कम्तिमा ७५ जनाको मृत्यु भएको छ । स्टिल डे मनाउन भेला भएकाहरुको भीडभाडयुक्त क्षेत्रमा लरीबाट किचिएर उनीहरुको मृत्यु भएको हो । घटनामा कयौं घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । बास्टिल डेलाई फ्रान्समा राष्ट्रिय दिवसका रुपमा मनाउने गरिन्छ । दिवसका अवसरमा […]

२०७३ असार ३१ गते, शुक्रबार

मलेसिया र सिंगापुरलाई उच्च गतिको रेलले जोड्ने

काठमाडौं, ३० असार । मलेसिया र सिंगापुर जोड्नका लागि उच्च गतिको रेल निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ । यी दुई देशबीच बहुप्रतिक्षित यस रेल सम्झौतामा अब चाँडै नै सम्झौता हुने जानकारी यसअघि देखि नै दिइएको थियो । बिहीबार मलेसियाका स्थानीय सञ्चारमाध्यमहरुले सो समाचार सार्वजनिक गरेका राजधानी क्लालालम्पुरबाट प्राप्त भएको समाचारमा जनाइएको छ । यस […]

२०७३ असार ३० गते, बिहीबार

आईएसका बरिष्ठ सैनिक कमाण्डर मारिए

काठमाडौं, ३० असार । अमेरिकी हमलामा इस्लामिक अतिवादी संगठन आईएसका बरिष्ठ सैनिक कमाण्डर शिशानी मारिएका छन् । इराकको शिरकत शहरमा अमेरिकी सेनाले गरेको हमलामा उनी मारिएको पुष्टी आइएसले गरेको छ । अबु बक्र अल बगदादीका निकट मानिने तरखान बतिराश्विली नामका शिशानीको मृत्युले आइएसलाई ठूलो धक्का लागेको छ । अमेरिका र रुसबीचको लडाइका सशक्त भूमिका निर्वाह […]

२०७३ असार ३० गते, बिहीबार

अमेरिकाद्वारा पाकिस्तानी सहयोगमा रोक लगाउने तयारी

काठमाडौं, २९ असार । अमेरिकाले पाकिस्तानलाई दिँदै आएको सहयोगमा रोक लगाउने तयारी गरेको छ । अमेरिकी कंग्रेस समितिले पाकिस्तान आतंकवादको जरो भएको भन्दै उसलाई दिदैं आएको सबै सहयोगमा रोक लगाउन अमेरिकी सरकालाई सुझाव दिएको छ । अमेरिकी विदेश मामिलासम्बन्धी उप समितिको बैठकका क्रममा पाकिस्तानबिरुद्ध व्यापक आलोचना भएको छ । अमेरिकाले पाकिस्तानलाई दिइँदै आएको सहयोगमा तत्काल […]

२०७३ असार २९ गते, बुधबार

दक्षिणी सूडानमा युद्ध विराम

काठमाडौं, २८ असार । दक्षिणी सूडानमा संघर्ष विरामको घोषणा गरिएको छ । दुई नेताप्रति वफादार सेनाको सनकमा अनाहकमा दुई सयजना मारिएपछि राष्ट्रपति सल्वा कीर र उपराष्ट्रपति रीक मचारले राजधानी जुबामा विहीवारदेखि चलेको संघर्ष रोक्ने घोषणा गरेका हुन् । गोली हानाहानबाट सुरु भएको दुई पक्षीय भिडन्त तोप, ट्यांक र हेलिकोप्टर प्रयोग गर्ने अवस्थासम्म पुगेको थियो स्थितिको […]

२०७३ असार २८ गते, मंगलवार

उत्तर कोरियाद्धारा अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको धम्की

काठमाडौं, २७ असार । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाथि आक्रमणको चेतावनी दिएको छ । उत्तर कोरियाको चुनौति सामना गर्न भन्दै अमेरिका र दक्षिण कोरियाले मिसाइल प्रतिरक्षा प्रणाली तैनाथ गर्न सहमति भएपछि उत्तरको यस्तो चेतावनी आएको हो । प्योङयाङले यसलाई पूरै चुनौतिको रुपमा लिएको जनाएको छ । उत्तर कोरियाले बारम्बार अमेरिका र छिमकी दक्षिण कोरियालाई […]

२०७३ असार २७ गते, सोमबार

कश्मिरमा हिंसा भड्कियो, ११ को मृत्यु

काठमाडौं, २६ असार । भारत प्रशासित कश्मिरमा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा ११ जना मारिएका छन् । डेढ सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । प्रहरी र सुरक्षाकर्मीतर्फ ९६ जना र प्रदर्शनकारीतर्फ ७० जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । प्रहरी कारवाहीमा अतिवादी संगठन हिज्बुल मुजाहिदीनका कमाण्डर बुरहान वानी मारिएपछि भएको प्रदर्शन हिंसात्मक बन्दा यो […]

२०७३ असार २६ गते, आईतवार

ट्राफिक जाममा फस्दा १२ जनाको मृत्यु

काठमाडौँ, २५ असार । इन्डोनेसियामा कयौ दिनदेखि यति लामो ट्राफिक जाम लाग्यो कि यसमा फसेका १२ जनाको मृत्यु भएको छ। ट्राफिक जाममा पानीको कमी र थकानका कारण उनीहरुाके मृत्यु भएको बताइएको छ। जाभा द्वीपमा रमजान महिनाको अन्त्यमा विदा मनाउन निस्किएकाहरुको संख्या बढी भएका कारण ट्राफिक सिग्नलमा जाम भएको हो । जाम यति लामो थियो कि […]

२०७३ असार २५ गते, शनिबार

सिया मस्जिदमा आत्मघाती हमला

काठमाडौं, २४ असार । रोयटर्स समाचार एजेन्सीले इराकको राजधानी बग्दादको एक सिया मस्जिदमा भएको आत्मघाती बम हमला र गोली प्रहारबाट कम्तिमा ३० जनाको मृत्यु भएको जनाएको छ । इराकी सुुरक्षा स्रोतलाई उद्धृत गर्दै रोयटर्सले भने विस्फोटबाट ३५ जनाको मृत्यु र ६०जना भन्दा बढी घाइते भएको जनाएको छ । मुस्लिम समुदायको पवित्र पर्व इद मनाउन भेला […]

२०७३ असार २४ गते, शुक्रबार