बारुदी सुरुङ विस्फोटमा १० जना प्रहरीको मृत्यु

२०७३ श्रावण ४ गते, मंगलवार

काठमाडौं, ४ साउन । भारत बिहारको औरंगावाद जिल्लामा नक्सलवादीले गराएको बारुदी सुरुङ विस्फोटमा १० जना प्रहरीको मृत्यु भएको छ । विस्प्फोटमा अन्य केही सुरक्षाकर्मी घाइते भएका छन् । सुरक्षाकर्मीले गरिरहेको सर्च अभियानका क्रममा नक्सलवादीले बारुदी सुरुङ विस्फोट गराउँदा उनीहरुको मृत्यु भएको हो ।
सुरक्षाकर्मीले गरेको कारबाहीमा तीन जना नक्सलवादीको समेत मृत्यु भएको बताइएको छ । घाइते सुरक्षाकर्मीको उपचारका लागि पटना लगिएको छ । – एजेन्सी

प्रतिक्रियाहरु