अमेरिकाद्वारा सिरियामा संघर्ष रोक्न अपिल

२०७३ भाद्र १४ गते, मंगलवार

काठमाडौं, १४ भदौ । अमेरिकाले सिरियामा टर्र्कीस सेना र कुर्द समूहका बिद्रोहीबीच चलेको संघर्ष रोक्न अपील गरेको छ । अमेरिकाले दुई समूहबीच चलिरहेको संघर्ष आफूहरुलाई स्वीकार्य नभएको भन्दै रोक्न दुबै पक्षलाई अपील गरेको हो ।
इस्लामिक संगठन आईएसको कुनै पकड नभएको क्षेत्रमा चर्केको संघर्षको मारमा सर्वसाधारण परेको भन्दै अमेरिकाले तत्काल संघर्ष रोक्न भनेको हो । गत साता सिरियाको सीमा प्रवेश क्षेत्रमा टर्कीले आक्रमण गरेपछि कुर्द सेनाले जवाफी कारबाही गरेको थियो । जसमा दर्जनौंको ज्यान गएको थियो । – एजेन्सी

प्रतिक्रियाहरु