बिश्व

इटालीमा ६ दशमलव २ म्याग्नेच्युटको भूकम्प

काठमाडौँ ,८ भदाै । इटालीमा शक्तिशाली भूकम्प गएको छ । राजधानी रोमनजिक पेरुगिए शहरको दक्षिणी क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस)ले जनाएको छ । स्थानीय समयअनुसार आज बिहान ३ बजेर ३६ मिनेटमा गएको भूकम्पको गहिराई १० किलोमिटर मात्रै रहेको छ । भूकम्पको धक्का राजधानी रोममा पनि महसुस भएको […]

२०७३ भाद्र ८ गते, बुधबार

ओबामाद्वारा बाढी प्रभावित क्षेत्रको पुनःर्निर्माणमा सहयोग गर्ने बचन

काठमाडौँ, ८ भदौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाले गत महिना अमेरिकाको लुजियानामा गएको बाढी प्रभावित क्षेत्रको अवलोकन गरेका छन् ।अवलोकनमा क्रममा ओबामाले बाढीमा ज्यान गुमाएकाहरुप्रति समवेदना प्रकट गर्दै बाढी प्रभावित क्षेत्रको पुनःर्निर्माणमा सक्दो सहयोग गर्ने बचन दिएका छन् । अवलोकनकै क्रममा उनले गतमहिना मारिएका काला ब्यक्ति एलटन स्टर्लिङको परिवारजनसँग पनि भेटघाट गरे । स्टर्लिङ गत […]

२०७३ भाद्र ८ गते, बुधबार

छोरा फेल भएपछि…

काठमाडौ, ७ भदौ । जापानका एकजना बाबुले आफ्नो छोराले विद्यालयस्तरको एक प्रवेश परीक्षा पास गर्न नसकेको भन्दै ती १२ वर्षीय छोराको छुरा धसेर हत्या गरेका छन् । विद्यालयस्तरको एक परीक्षामा ती बालकले नपढेको भन्दै ती बालकका ४८ वर्षीय बुबाले बिगतमा पनि छोरालाई गाली गर्ने गर्दथे । केन्जो साताके नाम रहेका ती बुबाले आफूले बारम्बार परीक्षाको […]

२०७३ भाद्र ७ गते, मंगलवार

भीषण बाढीका कारण ३० को मृत्यु

काठमाडौँ, ७ भदौ । भारतका विभिन्न राज्यमा भीषण बर्षापछि आएको बाढीमा परी मृत्यु हुनेको संख्या ३० पुगेको छ । बाढी प्रभावित करिब २६ हजार जनालाई सुरक्षित स्थानतर्फ सारिएको छ । उत्तर प्रदेश, मध्य प्रदेश, बिहार, पश्चिम बंगाल र झारखण्ड राज्य बाढीको चपेटामा परेका छन् । गंगा, यमुना र अन्य नदीको सतह निकै बढ्दा बाराणसी, मिर्जापुरलगायतका […]

२०७३ भाद्र ७ गते, मंगलवार

आत्मघाती विष्फोटमा १२ बर्षे बालक !

काठमाडौं, ६ भदौ । टर्कीमा आत्मघाती विष्फोट गराई ५१ जनाको हत्या गराउने १२ देखि १४ वर्षको बालक रहेको दावी गरिएको छ । टर्किस राष्ट्रपति रिसेप तैयम अर्दोगानले यस्तो दावी गरेका हुन् । यसअघि उनले घटनामा आईएसको हात रहेको बताएका थिए । टर्कीको गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको आत्मघाती विष्फोटमा ५१ जना मारिनुका साथै […]

२०७३ भाद्र ६ गते, सोमबार

विवाह समारोहनजिक आत्मघाती विष्फोट, २२ जना मारिए

काठमाडौं, ५ भदौ । टर्कीमा एउटा विवाह समारोहनजिक गराइएको आत्मघाती विष्फोटमा २२ जना मारिएका छन् । गाजिआनटेप शहरमा विवाह समारोह चलेको स्थाननजिकै गराइएको विष्फोटमा अरु ९४ जना घाइते भएका छन् । यो आतंकवादी आक्रमण भएको सरकारले जनाएको छ । यो सिरियाको सीमादेखि करीब ६४ किलोमिटर टाढा रहेको यस शहरमा मूख्य गरी कुर्दिस रहने गर्दछन् । […]

२०७३ भाद्र ५ गते, आईतवार

डोनाल्ड ट्रम्पका मूख्य चुनावी प्रचारकद्वारा राजिनामा

काठमाडौं, ४ भदौ । अमेरिकी राष्ट्रपति पदमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पका मूख्य चुनावी प्रचारकले नै ट्रम्पलाई सघाउन नसकिने भन्दै राजिनामा दिएका छन् । जिम्मेवारी सम्हालेको दुई महिनामै मूख्य प्रचारक पाउल मानाफोर्टले राजिनामा दिएका हुन् । उनले किन छाडे भन्ने यकीन नभएपनि ट्रम्पले पछिल्ला दिनमा व्यक्त गरेका भनाइसँग विमती रहेकाले राजिनामा गरेको हुनसक्ने आंकलन गरिएको […]

२०७३ भाद्र ४ गते, शनिबार

सोनिया गान्धी पुन: अस्पताल भर्ना

काठमाडौं, ३ भदौ । भारतीय संसदमा प्रमुख विपक्षी नेत्री सोनिया गान्धी अस्वस्थ भएपछि अस्पताल भर्ना भएकी छन् । उनी राजधानी नयाँदिल्लीको अस्पताल भर्ना भएको जनाइएको छ । उनी पुनः अस्वस्थ भएपछि नयाँदिल्लीको गंगाराम अस्पतालमा बिहीबार साँझ भर्ना गरिएको जनाइएको छ । भारतको एक प्रमुख अस्पतालकारुपमा रहेको सो गंगाराम अस्पतालमा उनी उपचारका लागि केही दिन बस्नुपर्ने […]

२०७३ भाद्र ३ गते, शुक्रबार

विषाक्त मदिरा प्रकरणमा पूरा चौकीमाथि कारबाही

काठमाडौं, ३ भदौ । भारतको बिहार राज्यअन्तर्गत गोपालगञ्ज जिल्लामा विषालु मदिरा पिएर भएको मृत्युसम्बन्धी घटनामा पुरा प्रहरी चौकीका सबै २५ जना प्रहरीलाई निलम्बित गरिएको छ। जिल्ला प्रशासनले १४ जनाविरुद्ध अवैध मदिरा कारोबारमा संलग्न रहेको आरोपमा उजुरी दर्ता गराएको छ। विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको संख्यासमेत बढेर १८ पुगेको छ। गोपालगञ्जका एसपी रविरञ्जनले यो घटनामा बिहीबार […]

२०७३ भाद्र ३ गते, शुक्रबार

यातना दिएरै दैनिक १० जनाको हत्या

काठमाडौं, २ भदौ । एम्नेस्टी इन्टरनेसनलले सिरियाको जेलमा यातना दिएरै १८ हजार बन्दी मारिएको जनाएको छ । गृहयुद्धमा फसेयता सिरियाली सरकारले जेलमा सडाएरै हजारौं बन्दीलाई मृत्युको मुखमा धकेलेको हो । सन् २०११ देखि १५ कोबीचमा जेलमा रहेका कैदीलाई यातना र बलात्कार गरेर मारिएको एम्नेस्टीको प्रतिवेदनमा दाबी गरिएको छ । यातनापीडित जीवित ६५ जनाको अन्तर्वार्तासमेत समेटिएको […]

२०७३ भाद्र २ गते, बिहीबार