आइएसका प्रवक्ता मारिए

२०७३ भाद्र १५ गते, बुधबार

काठमाडौ, १५ भदौ । चरमपन्थी विद्रोही संगठन इस्लामिक स्टेट आइएसका प्रवक्ता अबु मुहम्मद अल अदनानी मारिएका छन् । सिरियाको एलेप्पो शहरमा भएको सैन्य कारबाहीमा उनी मारिएको आइएसको खबर दिने समाचार संस्था अमाकले जनाएको छ । लामो समयदेखि आइएसमा काम गरेका उनी यूरोप तथा पश्चिमा देशविरुद्ध लड्नका लागि प्रशिक्षण दिने गर्दथे ।
सन् २००३ मा इराकमाथि आक्रमण भएपछि अमेरिकाविरुद्ध लड्ने उनी पहिलो विदेशी लडाकु भएको बिबिसीले लेखेको छ । त्यसैले अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर घोषणा गरेको थियो ।

प्रतिक्रियाहरु