समाज

सुकुम्बासी संघका जनकपुर ब्यूराे संयाेजक गिरफ्तार

काठमाडौं , १८ कात्तिक । नेकपा (माअाेवादी) निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका जनकपुर ब्युराे संयाेजक लाल बहादुर लामालाई आज बिहान ५ बजे घरबाटै प्रहरीले गिरफ्तार गरेकाे संघका केन्द्रीय अध्यक्ष अाेम प्रकाश पुनले जानकारी दिएका छन् । यस बिषयमा पुनले एक विज्ञप्ति जारी गर्दै लामाकाे गिरफ्तारीप्रति ध्यानाकर्षण भएको बताउँदै तत्काल रिहाइ नगरे कात्तिक २० गतेदेखि […]

२०७३ कार्तिक १८ गते, बिहीबार

‘सडकपेटीबाट हिँड्न रोक लगाइएको छैन, पसल बन्द हल्लामात्रै ‘

काठमाडौं, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीका क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक हेमन्त मल्लले सवारीका क्रममा सर्वसाधारणलाई हिँडडुल गर्न कुनै प्रतिबन्ध नलगाइएको प्रस्ट पारे । उनले भने–‘सवारीका क्रममा बीच सडकमा भने हिँड्न दिने कुरा भएन, सडककिनारा र पेटीबाट हिँड्न रोक लगाइएको छैन […]

२०७३ कार्तिक १७ गते, बुधबार

सामा—चकेवा पर्व सुरु

काठमाडौं, १७ कात्तिक । कात्तिक शुक्ल द्वितीया तिथि अर्थात भाइटिकाको दिनदेखि कात्तिक पूर्णिमाको मध्यरात्रिमा सम्पन्न हुने सामा—चकेवा पर्वको सुरु भएको छ । दाजुभाइ र दिदीबहिनीको प्रेम प्रतीकको रुपमा रहेको यो पर्वमा माटाका विभिन्न प्रकारका जनावर, चरा र मानवलगायतका मूर्ति बनाएर पुजापाठ गरेर मनाइन्छ । भाइटिकाका दिन नै मूर्ति बनाउनका लागि माटो ल्याएर राख्ने भएकाले विधिवत […]

२०७३ कार्तिक १७ गते, बुधबार

भारतीय राष्ट्रपति नेपाल आउँदा अपनाइने सुरक्षा रणनीति

काठमाडौँ, १५ कात्तिक । राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा भारतका राष्ट्रपति प्रणव मुखर्जीको आसन्न नेपाल भ्रमणको सुरक्षा योेजनाका बारेमा परराष्ट्र, रक्षा मन्त्रीसहित उच्च सरकारी अधिकृतले जानकारी लिनुभएको छ । भारतीय राष्ट्रपति मुखर्जीले यही कात्तिक १७ देखि १९ सम्म नेपालको राजकीय भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री डा प्रकाशशरण महत, रक्षामन्त्री बालकृष्ण खाँण, रक्षा सचिव श्रीधर […]

२०७३ कार्तिक १५ गते, सोमबार

आज गाई, गोरु र गोवर्द्धन पूजा

काठमाडौं, १५ कात्तिक । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु र गोवर्द्धनको पूजाआजा गरी मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई […]

२०७३ कार्तिक १५ गते, सोमबार

आज लक्ष्मी पुजा

काठमाडौँ, १४ कात्तिक । आज यमपञ्चकको तेस्रो दिन आज साँझ राज्यभर धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । बत्ती नबालेको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने भनाइअनुसार आज घरको सबैतिर सफासुग्घर गरी दैलो, सङ्घार, झ्याल, ढोका, कौसी, अटाली, भ¥याङलगायतका ठाउँमा झिलिमिली पारी लक्ष्मीको स्वागत गरिन्छ । लक्ष्मीपूजा गर्न आज बिहानैदेखि घरको सरसफाइ […]

२०७३ कार्तिक १४ गते, आईतवार

आज कुकुर तिहार

काठमाडौं, १३ कात्तिक । आज कुकुर तिहार । यम पञ्चकको दोस्रो दिन आज कुकुरलाई टीका तथा माला लगाइदिएर मीठा मीठा खानेकुरा खान दिई पूजा गरिँदैछ । यस दिन कुकुरको पूजा नगरी खाना खाएमा पापी भइन्छ भन्ने भनाइ छ । प्रत्येक वर्षको कृष्ण चतुर्दशी दिन कुकुरको पूजा गरिन्छ । यस दिनलाई नरक चतुर्दशी पनि भनिन्छ । […]

२०७३ कार्तिक १३ गते, शनिबार

गाँजा खेती नष्ट

काठमाडौं, १२ कात्तिक । जिल्ला प्रहरी कार्यालय खोटाङले विभिन्न पाँच गाउँ विकास समितिका २ सय २२ रोपनीमा लगाइएको गाँजा खेती नष्ट गरेको छ । ईलाका प्रहरी कार्यालय हलेसी, प्रहरी चौकी धितुङ र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोलीले धितुङ, महादेवस्थान, दुर्छिम, डिकुवा र काहुले गाविसमा ठूलो परिमाणमा लगाइएको अवैध गाँजा खेती नष्ट पारेको हो । २५ […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

आज काग तिहार

काठमाडौँ, १२ कात्तिक । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आज कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइँदैछ । आज तिहारको पहिलो दिन काग तिहार, कात्तिक १३ गते कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुर तिहार, कात्तिक १४ गते कृष्ण औँसीका दिन लक्ष्मीपूजा, कात्तिक १५ गते सोमबार कार्तिक शुक्ल प्रतिपदाका दिन गाईपूजा, गोवद्र्धन पूजा, नेवारी समुदायले मनाउने नयाँ […]

२०७३ कार्तिक १२ गते, शुक्रबार

बेपत्ता नागरिकको बृहत् अनुसन्धान र उत्खनन हुने

काठमाडौँ, ११ कात्तिक। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वकालीन समयमा बेपत्ता पारिएका घटनाको बृहत् अनुसन्धान तथा व्यक्ति उत्खनन गर्ने तयारी गरिरहेको छ । आयोगले पीडितको उजुरी लिएर प्रारम्भिक चरणको अध्ययन सकिसकेको छ । बेपत्ता पारिएका सङ्घ÷संस्थाका प्रतिनिधिसँग छिट्टै छलफल गरी उनीहरुको नेटवर्क प्रयोग गरी बृहत् अनुसन्धान गर्ने आयोगको तयारी छ । आयोगका प्रवक्ता प्राडा विष्णु […]

२०७३ कार्तिक ११ गते, बिहीबार