सुकुम्बासी संघका जनकपुर ब्यूराे संयाेजक गिरफ्तार

२०७३ कार्तिक १८ गते, बिहीबार

काठमाडौं , १८ कात्तिक । नेकपा (माअाेवादी) निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका जनकपुर ब्युराे संयाेजक लाल बहादुर लामालाई आज बिहान ५ बजे घरबाटै प्रहरीले गिरफ्तार गरेकाे संघका केन्द्रीय अध्यक्ष अाेम प्रकाश पुनले जानकारी दिएका छन् । यस बिषयमा पुनले एक विज्ञप्ति जारी गर्दै लामाकाे गिरफ्तारीप्रति ध्यानाकर्षण भएको बताउँदै तत्काल रिहाइ नगरे कात्तिक २० गतेदेखि देशव्यापी संघर्षकाे जाने बताएका छन् ।
‘सर्लाहीको धरहरा सुकुम्बासी बस्ती उजाड पार्ने दलाल राज्यले साेही बस्तीका लाेकप्रिय सुकुम्बासी नेता लाल बहादुर लामाकाे गिरफ्तारीले देशका सिंगाे भुमिहिन सुकुम्वासीलाई अाक्राेसित बनाएकाे छ र लामालाई तत्काल रिहाइ नगरे संगठनकाे तर्फबाट कडा संघर्षको घाेषणा गर्न बाध्य हुनेछाैँ’ जारी विज्ञप्तिमा भनिएकाे छ ।
संगठनले मंसिर ११ गतेदेखि पूर्वमेचीदेखि पश्चिमामहाकालीसम्म ‘मेचि महाकाली एकिकृत भूमिहिन सुकुम्बासी जागरण अभियान’ लाई असफल बनाउने षड्यन्त्रका साथ लामाकाे गिरफ्तारी गरिएकाे पुनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु

विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै

२०८१ बैशाख २१ गते, शुक्रबार

इनार खन्ने क्रममा दुई जनाको मृत्यु

२०८१ बैशाख २० गते, बिहीबार

किसानका लागि आइपिएम पाठशाला

२०८१ बैशाख १९ गते, बुधबार