गाँजा खेती नष्ट

२०७३ कार्तिक १२ गते, शुक्रबार

काठमाडौं, १२ कात्तिक । जिल्ला प्रहरी कार्यालय खोटाङले विभिन्न पाँच गाउँ विकास समितिका २ सय २२ रोपनीमा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।
ईलाका प्रहरी कार्यालय हलेसी, प्रहरी चौकी धितुङ र प्रहरी चौकी च्यास्मीटारका प्रहरीको टोलीले धितुङ, महादेवस्थान, दुर्छिम, डिकुवा र काहुले गाविसमा ठूलो परिमाणमा लगाइएको अवैध गाँजा खेती नष्ट पारेको हो । २५ दिने अभियानका क्रममा व्यवसायिक रुपमा लगाइएको गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक नविनकिशोर प्रधानले जानकारी दिए । गत वर्ष प्रहरीले ४ सय ३७ रोपनीमा लगाइएको गाँजा नष्ट गरेको थियो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु