समाज

उपत्यकाका अवैध क्लिनिकमा सिलबन्दी

काठमाडौं, १ मंसिर । काठमाडौं र ललितपुरमा अवैध रूपमा सञ्चालन भएका १३ क्लिनिकमा सरकारले सिलबन्दी गरेको छ । स्वास्थ्य मन्त्रालयको अनुगमन टोलीले मंगलबार आठ र सोमबार पाँच अवैध क्लिनिकमा सिलबन्दी गरेको हो । अनुगमन टोलीले ललितपुर र काठमाडौंका धेरै क्लिनिक अवैध रूपमा सञ्चालन भइरहेको जनाएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले काठमाडौं उपत्यकाका धेरै क्लिनिक अवैध […]

२०७३ मंसिर १ गते, बुधबार

महानगरमा विद्युतीय प्रणालीबाट सेवा

काठमाडौँ, ३० कात्तिक । काठमाडौँ महानगरपालिकाले परीक्षणका रूपमा महानगरको वडा नम्बर ३१ बाट विद्युतीय प्रणालीमार्फत सेवा दिन सुरु गर्ने भएको छ । महानगरबासीलाई गुणस्तरीय र पारदर्शी सेवा प्रदान गर्ने उद्देश्यसहित महानगरपालिकाले यसै साताबाट महानगरको उक्त वडाबाट विद्युतीय प्रणालीमार्फत सेवा दिन सुरु गर्ने भएको हो । महानगरपालिका प्रवक्ता ज्ञानेन्द्र कार्कीले महानगरले नागरिकलाई दिने हरेक सेवा कागजरहित, […]

२०७३ कार्तिक ३० गते, मंगलवार

कात्तिक नाच समापन हुदै

काठमाडौं, २९ कात्तिक । पाटन डबलीमा कात्तिक १८ गते सुरु भएको कात्तिक नाच अन्तिम शृङ्खलामा प्रवेश गरेको छ । नाच आज साँझ भगवान् श्रीकृष्णले गोपीनीका साथमा रहेको दही र महीको भाँडो फुटाउने लीला प्रस्ुतत गरेर समापन हुँदैछ । नर्तकी र बाजागाजा बजाउनेसहित १८० जना स्थानीय सहभागी नाचमा संलग्न हुनुहुन्छ । नाच विसर्जनको अवसरमा नर्तकी र […]

२०७३ कार्तिक २९ गते, सोमबार

चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध

काठमाडौं, २८ कात्तिक । सुन्दर भविष्यको सपना बोकेर विदेशी नागरिकसँग विवाह गर्ने अधिकांश नेपाली चेलीको सपना अधुरो हुन थालेपछि गृह प्रशासनले चीन र दक्षिण कोरियाका नागरिकसँगको विवाहमा प्रतिबन्ध लगाएको छ । श्रीमती बनाउने बहानामा नेपाली चेलीलाई ती देशका नागरिकले आफ्नो देशमा लाने र चरम यातना, यौनशोषण तथा घरेलु हिंसा गरेको पाइएपछि गृह मन्त्रालयले यी देशका […]

२०७३ कार्तिक २८ गते, आईतवार

संविधान संशोधनको औचित्य छैनः ओली

काठमाडौं, २७ कात्तिक । नेकपा एमाले अध्यक्ष तथा पुर्व प्रधानमन्त्री खड्गप्रसाद ओलीले संधिान संशोधनको औचित्य नभएको बताएका छन । एमाले उदयपुर कटारी नगर समितिले आयोजना गरेको आमसभामा बोल्दै उनले कुनै पनि हालतमा संविधान संशोधन नहुने बताए । ओलीले कैसैलाई खुसी पार्न र कसैको चित्त बुझउनको लागी संविधान संशोधन नहुने ठोकुवा गरेका थिए । ‘संविधान कार्यान्वयनको […]

२०७३ कार्तिक २७ गते, शनिबार

प्रेमविवाह मात्र हुने गाउँ !

काठमाडौ, २७ कात्तिक । गोरखा काशीगाउँ ३ की २१ बर्षीया इन्द्रमाया घले र उही उमेरका बुद्धिमान घले हालै विवाहबन्धनमा बाँधिए । ६ बर्ष लामो प्रेमसम्बन्धपछि उनीहरुको जोडी बाँधिएको हो । मायाप्रेममा रमाएका उनीहरु जीवनसाथी बन्न पाउँदा खुशी छन् । विजय घले र सिर्जना घलेको जोडी पनि यही बर्ष विवाहबन्धनमा बाँधिएको हो । उनीहरुको लामो प्रेम […]

२०७३ कार्तिक २७ गते, शनिबार

सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही

काठमाडौं, २५ कात्तिक । नगर प्रहरीले ललितपुर उपमहानगरपालिका क्षेत्रमा सार्वजनिक स्थानमा फोहोर फाल्नेलाई कारबाही तीव्र बनाएको छ । साउनयता चार महिनामा मात्रै सार्वजनिक स्थानमा जथाभावी फोहोर फाल्ने करिब चार सयलाई कारबाहीको दायरामा ल्याइएको नगर प्रहरी प्रमुख कदमलाल महर्जनले बताए । उनले भने , “हामीले नेपाल प्रहरीसँग मिलेर नगर क्षेत्रमा जथाभावी फोहोर फाल्नेलाई कारबाही गरिरहेका छौँ […]

२०७३ कार्तिक २५ गते, बिहीबार

पोखरामा प्लास्टिक झोला निषेध

काठमाडौं,२४ कात्तिक । पोखरा उपमहानगरपालिकाका २९ वटै वडालाई आजदेखि प्लास्टिकका झोला र गिलास निषेध क्षेत्र घोषणा गरिएको छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले पोखरा उपमहानगरपालिकालाई प्लास्टिक झोला र गिलास निषेधको आज घोषणा गर्दै घरदेखि सहर सफाइ गर्ने अभियानमा जुट्न सबै नगरवासीसँग आग्रह गरे । प्लास्टिकको प्रयोगले मानव स्वास्थ्यमा समेत असर […]

२०७३ कार्तिक २४ गते, बुधबार

फुजेल घटनाको अन्तिम फैसला मङ्सिर १२ मा

काठमाडौं, २४ कात्तिक । चितवन जिल्ला अदालतले मङ्गलबारका लागि तोकेको फुजेलका कृष्णप्रसाद अधिकारी हत्याको अन्तिम फैसलाको मिति सरेको छ । कात्तिक ५ गते वादी, प्रतिवादी र जाहेरवालाका तर्फबाट लिखित बहस नोट पेस भएपछि अन्तिम फैसला मङ्गलबारका लागि तोकिएको थियो । अदालतका सूचना अधिकारी कृष्णप्रसाद बरालका अनुसार सो मुद्दा हेर्दै आउनुभएका अदालतका मुख्य न्यायाधीश टेकनारायण कुँवर […]

२०७३ कार्तिक २४ गते, बुधबार

लोकमानलाई सातदिनभित्र उपस्थिति हुन सर्वोच्चको आदेश

काठमाडौँ, २३ कात्तिक । सर्वोच्च अदालतले म्याद तामेलीमा अवरोध गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीसहित चारजनालाई एकहप्ताभित्र लिखित जवाफसहित आफँै उपस्थित हुन आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईको एकल इजलासले आज एकहप्ताभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको हो । आदेशमा भनिएको छ – “सजाय नगर्नु […]

२०७३ कार्तिक २३ गते, मंगलवार