समाज

नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक चार घन्टा बन्द हुने

काठमाडौँ, १ पुस । नारायणगढ–मुग्लिन सडक निर्माणका लागि पुस ७ गतेदेखि प्रत्येक दिन चार घण्टा बन्द हुने भएको छ । सडक निर्माणलाई तीब्रता दिन बाटो बन्द गर्ने निर्णय गरिएको नारायणगढ–मुग्लिन सडक आयोजनाले जनाएको छ । आयोजनाका अनुसार प्रत्येक दिन ११ बजेदेखि ३ बजेसम्म यो सडकखण्ड बन्द हुनेछ । ठेक्का दिँदा ०७४ को वैशाखमा काम सम्पन्न […]

२०७३ पुष १ गते, शुक्रबार

सवारी साधनको झ्यालबाट बाहिर थुक्नेलाई ५ सय जरिवाना !

काठमाडौं, १ पुस । सवारी साधनको झ्यालबाट बाहिर नथुकनु होला ५ सय रूपैयाँ जरिवाना तिर्नु पर्ला । अबदेखि गाडीकाे झ्यालबाट सार्वजनिकस्थल वा सडकमा फोहोर फाल्नुभयाे भने जेल नै जानुपर्ने पनि हुन सक्छ । सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच सार्वजनिक यातायातबाट फोहोर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने […]

२०७३ पुष १ गते, शुक्रबार

नयाँ बसपार्कको चार सय घरटहरा भत्काइयो

काठमाडौं, मंसिर ३० । काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रभित्र अवैधानिक रुपले निर्माण गरिएको घर टहरा भत्काएको छ । महानगरपालिकाले बसपार्क अव्यवस्थित भएको भन्दै डोजर लगाएर करिब चार सय घरटहरा भत्काएको हो । बसपार्कभित्रको जग्गा अतिक्रमण गरेर टहरा बनाइएको र पटक–पटक टहरा छाड्नका लागि सूचना जारी गरे पनि स्थानीयले अटेर गरेकाले भत्काइएको काठमाडौं महानगरपालिकाले जनाएको […]

२०७३ मंसिर ३० गते, बिहीबार

बेनी–जोमसोम–कोरला सडक स्तरोन्नति हुँदै

काठमाडौं, ३० मंसिर । बेनी–जोमसोम–कोरला सडकखण्डको स्तरोन्नति गरी उत्तरी नाका चीनसँग द्विपक्षीय व्यापार विस्तार गर्ने सरकारी योजनाअनुसार बेनी–जोमसोम हुँदै नेपालको उत्तरी नाका कोरलासम्मको सडकको स्तरोन्नति हुने भएको छ । साँघुरो र जोखिमपूर्ण बेनी–जोमसोम–कोरला सडकमा सवारी सञ्चालन भइरहे पनि सडकको स्तरोन्नति गरी पर्यटकीय र व्यापारिक केन्द्रमा स्थलमार्गको पहुँच बढाउन दुई छुट्टाछुट्टै युनिट खडा गरी काम अघि […]

२०७३ मंसिर ३० गते, बिहीबार

काठमाडौं महानगरको २२ औं बार्षिकोत्सव संपन्न

काठमाडौं, २९ मंसिर । काठमाडौं महानगरपालिकाले आज २२औं वार्षिकोत्सव मनाएको छ । ‘स्वच्छ, सफा र हराभरा काठमाडौं’ भन्ने नाराका साथ काठमाडौंको राष्ट्रिय सभागृहमा गरिएको कार्यक्रममा संघीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री श्रीप्रसाद जवेगुले नेपालमा रहेको ऐतिहासिक धरोहरहरु विश्वकै उत्कृष्ट हुन् भन्दै उचित संरक्षणको अभावमा ओझेलमा पर्न सक्ने खतरा बढेको बताए । उनले महत्वपूर्ण धरोहर संरक्षण […]

२०७३ मंसिर २९ गते, बुधबार

हिँड्दा हिँड्दै ज्यान गयो

काठमाडौं, २९ मंसिर । दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्तिको मङ्गलबार हिँड्दा हिँड्दै अकस्मात मृत्यु भएको छ । मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए । प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा एक्कासि मृत्यु भएको हो । उनले भने […]

२०७३ मंसिर २९ गते, बुधबार

आज उधौली पर्व

काठमाडौं, २८ मंसिर । आज उधौली पर्व , किराँत समुदायले हर्षोल्लासका साथ मनाइरहेका छन् । उधौली पर्व मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेसीतिर बसाई सर्ने समय भएको संकेत गर्न तथा अन्नबाली भित्र्याएको खुसीयालीमा मनाइने चलन छ । प्रकृतिपूजक किरात समुदायको भाषा, संस्कार र संस्कृतिले आ–आफ्नो पहिचान दिलाउने र अस्तित्व जोगाउने भएकाले उधौलीका अवसरमा संसारभरका किरात […]

२०७३ मंसिर २८ गते, मंगलवार

‘आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वय भएन’

काठमाडौं, २७ मंसिर । महिला, कानुन र विकास मन्चले गरेको कार्यक्रमका सहभागीहरुले आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । उनीहरुले संविधानमै व्यवस्था भएपनि ऐन, कानुन नबनेका कारण आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयनमा आउन नसकेको बताए । कार्यक्रममा मकवानपुरकी सुकुमाया लामाले आफू १२ वर्षको उमेरमा भारतका बेचिएको र भारतमा विवाह […]

२०७३ मंसिर २७ गते, सोमबार

लोकसेवाको विज्ञापनमा दरखास्त दिने घटे

काठमाडौं, २७ मंसिर । देशमा बेरोजगारीको समस्याले विदेशिने युवाको सङ्ख्या बढ्दो छ तर लोक सेवा आयोगले १२६ वटा विज्ञापनबाट १७२ पदका लागि गरेको विज्ञापनमा एउटै दरखास्त परेन । आर्थिक वर्ष २०७२/७३ का लागि गरिएको विज्ञापनमा खुला, आन्तरिक, समावेशी सबैमा दरखास्त नपरेको जानकारी आयोगले दिएको छ । दलित, अपाङ्ग, महिला, मधेसी, जनजातिका लागि समावेशीतर्फ छुट्टाइएका पदहरूमा […]

२०७३ मंसिर २७ गते, सोमबार

प्रहरीमा सरुवा बढुवा सकस

काठमाडौँ, २६ मंसिर । नेपाल प्रहरीका एसएसपीहरुको सरुवा नभएको १६ महिना पुगेको छ । केही अञ्चल प्रहरी कार्यलय र तालिम केन्द्र बाहेकका एसएसपीको सरुवा नभएको १६ महिना बितेको हो । विषेश गरेर काठमाडौँ प्रहरी परिसर, अपराध महाशाखा र ललितपुर परिसरमा आउन खोज्नेहरु धेरै देखिएपछि एसएसपीको सरुवा रोकिएको हो । प्रहरी स्रोतका अनुसार केही दिनभित्रै एसएसपीको […]

२०७३ मंसिर २६ गते, आईतवार