समाज

सुधीर बस्नेत जेल चलान

काठमाडौं, १३ पुस । वित्तीय अपराधमा दोषी ठहर भइ फरार रहेका घरजग्गा व्यवसायी सुधीर बस्नेतलाई प्रहरीले पक्राउ गरी जेल चलान गरेको छ । अदालतको फैसला कार्यान्वयन इकाइ, काठमाडौं प्रहरी र अपराध महाशाखाको टोलीले बस्नेतलाई मंगलबार राति काठमाडौंको धापासीस्थित आफ्नै घरबाट पक्राउ गरेको हो । १ अर्ब ६० करोडभन्दा बढी रकम ठगी गरेर फरार भएका बस्नेतलाई […]

२०७३ पुष १३ गते, बुधबार

प्रत्येक घरमा बुद्धको झन्डा

काठमाडौं , १३ पुस । मर्निङ वाक ग्रुपले भैरहवाले सो क्षेत्रका सबै घरमा बुद्धको झन्डा राख्ने अभियान थालेको छ । शान्तिका अग्रदूत गौतमबुद्धको जन्मस्थल लुम्बिनीको प्रवेशद्धार सिद्धार्थनगर भए पनि प्रवेशद्वारमा बौद्धकला झल्किने कुनै क्रियाकलाप नभएको भन्दै ग्रुपले शहरका प्रत्येक घरमा बुद्धको झण्डा राख्ने अभियान थालेको हो । सिद्धार्थनगर नगरपालिकाले नगरभित्र निर्माण हुने सम्पूर्ण घरमा पहेंलो […]

२०७३ पुष १३ गते, बुधबार

एक हजार घरधनीको नियम विपरीत घर निर्माण

काठमाडौँ, १३ पुस । काठमाडौँ महानगरपालिकामा निर्माण भएका करिब एक हजार घरधनीले नियम विपरीत घर निर्माण भएको जनाउँदै निवेदन दिएका छन् । नियम विपरीत निर्माण भएका घरलाई करको दायरामा ल्याउनका लागि कामपाले चालेको अभियानमा अहिलेसम्म करिब एक हजार घरधनीले निवेदन दिएको कामपा, राजस्व महाशाखा प्रमुख महेश काफ्लेले जानकारी दिए । कामपाले एक महिनाअघि ३५ वटै […]

२०७३ पुष १३ गते, बुधबार

विद्युत् चोर पक्राउ

काठमाडौं, १२ पुस । विद्युत् चोरी गरेको अभियोगमा मंगलबार सातजनालाई पक्राउ गरी कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरी तथा नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजबाट संयुक्तरुपमा खटिएको अनुगमन टोलीले विद्युत्को खम्बाबाट सिधै विद्युत् चोरी गरेका भनिएकाहरुलाई पक्राउ गरेको केन्द्रका प्रमुख रामउद्गार साहले बताए । अभिव्यक्तविरुद्ध विद्युत् ऐनानुसार मंगलबार कारबाही गरिएको प्राधिकरणले जनाएको छ […]

२०७३ पुष १२ गते, मंगलवार

‘शेर्पा प्रदेश प्रति प्रतिबद्ध छु’

काठमाडौं, १२ पुस । संविधान र संविधान संशोधनका विषयमा छलफल गरी धारणतय गर्न शेर्पा समुदाय घनिभूत छलफलमा जुटेका छन् । संशोधान प्रास्तावमा समेत शेर्पा प्रदेश पर्ने ‘छनक’ नदेखिएपछि छलफललाई व्यापक बनाउँदै आन्दोलनको तयारी अघि बढाएका हुन् । शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको आयोजना भएको चरणबद्ध वैठकले पहिलो चरणमा शिर्ष नेताहरुलाई ज्ञापन पत्र बुझाउने निष्कर्ष निकालेको […]

२०७३ पुष १२ गते, मंगलवार

रसुवामा हिमापात

काठमाडौँ , ११ पुस । रसुवाको उच्च हिमाली क्षेत्रमा गएराति हिमपात भएको छ भने तल्लो क्षेत्रमा सामान्य वर्षा भएको छ । रसुवाको लाङटाङ, गोसाइकुण्ड तथा चन्दनबारी आसपासमा हिमपात र वर्षाले चिसो बढेको छ । चिसो बढेपछि जनजीवन प्रभावित बनेको छ । बालबालिका र बृद्धबृद्धालाई चिसोको मार बढी परेको छ । यद्यपि, कृषक भने हिउँ र […]

२०७३ पुष ११ गते, सोमबार

आज ‘क्रिसमस’

काठमाडौँ, १० पुस । आज इसाई धर्मावलम्वीहरुको चाड मेरी क्रिसमस । नेपालमा पनि इसाई धर्मावलम्वीहरुले विभिन्न कार्यक्रम गरी यो पर्व मनाउँदैछन् । देशभरका गिर्जाघरमा क्रिसमस पर्वका रुपमा विविध कार्यक्रम गरिंदैछन् । दुई हजार १६ वर्षअघि जेरुसेलमको बेथलेहममा येशुको जन्म भएको थियो । कुमारी मारियमको कोखबाट येशुको जन्म भएको हो । येशुलाई जिजस क्राइष्ट पनि भनिन्छ […]

२०७३ पुष १० गते, आईतवार

धुर्मुस–सुन्तलीको घोषणाले ल्यायो मुसहर बस्तीमा खुसी

काठमाडाैँ, ९ पुस । ‘हामी मुसहरले पनि राम्रो ओत पाउने गरी बस्न पाउने दिन आउनेभयो’–यो महोत्तरी जिल्लाको बर्दिवास–२ मुसहर बस्तीमा सबैजसो मुसहरको अहिले सुनिने साझा टिप्पणी हो । हास्य कलाकार धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे)ले गत मंगलबार सो बस्तीलाई एकीकृत नमुनाबस्ती निर्माण गर्ने घोषणा गरेयता रोग, भोक र अशिक्षाले रुमल्लिएको सो बस्तीका मुसहर […]

२०७३ पुष ९ गते, शनिबार

फरार अपराधी १७ वर्षपछि पक्राउ

काठमाडौँ, ९ पुस । चोरी मुद्दामा नौ वर्ष कैद र करिब रु एक लाख जरिवाना फैसला भएका फरार दोषीलाई १६ वर्षपछि दाङ प्रहरीले शुक्रबार पक्राउ गरेको छ ।विसं २०५७ असोज २ गते गोबरडिहा गाविस–५ का धनेश्वर अर्यालका घरमा चोरी गरेको ठहर गर्दै दाङ देउखुरी जिल्ला अदालतले गोबरडिया–५ पचाहवाका ३६ वर्षीय प्रकाश चौधरीलाई नौ वर्ष कैद […]

२०७३ पुष ९ गते, शनिबार

वकिलहरुको सम्मेलन सुरु

काठमाडौं, ८ पुस । महान्यायाधिवक्ताको कार्यालयले आयोजना गरेको नेपालका सरकारी वकिलहरुको सम्मेलन आजबाट काठमाडौंमा सुरु भएको छ ।तीनदिने सम्मेलनको उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्रको संस्थागत विकास, कानुनी शासनको प्रत्याभूति र मानवअधिकार संरक्षणमा सरकारी वकिलहरुको ठूलो दायित्व हुने बताइन् । उनले संविधान र कानुनले महान्यायाधिवक्ता र सरकारी वकिलहरुलाई प्रदान गरेको भूमिका निर्वाह गर्न महान्यायाधिवक्ताको कार्यालय […]

२०७३ पुष ८ गते, शुक्रबार