नयाँ बसपार्कको चार सय घरटहरा भत्काइयो

२०७३ मंसिर ३० गते, बिहीबार

काठमाडौं, मंसिर ३० । काठमाडौं महानगरपालिकाले गोंगबुस्थित नयाँ बसपार्क क्षेत्रभित्र अवैधानिक रुपले निर्माण गरिएको घर टहरा भत्काएको छ । महानगरपालिकाले बसपार्क अव्यवस्थित भएको भन्दै डोजर लगाएर करिब चार सय घरटहरा भत्काएको हो । बसपार्कभित्रको जग्गा अतिक्रमण गरेर टहरा बनाइएको र पटक–पटक टहरा छाड्नका लागि सूचना जारी गरे पनि स्थानीयले अटेर गरेकाले भत्काइएको काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थानीय बासिन्दाले भने महानगरपालिकाले खबर नगरी टहरा भत्काएको भन्दै विरोध गरेका छन् । उनीहरुले सर्वसाधारणले जीविकोपार्जन गर्न खोलिएका साना चिया पसल, किनारा पसल भत्काएर सरकारले अन्याय गरेको आरोप लगाएका छन् । भत्काइएका घर टहराको क्षतिपूर्ति दिनुपर्ने र वैकल्पिक स्थानको व्यवस्था गरिदिनुपर्ने माग उनीहरुले गरेका छन् ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु