हिँड्दा हिँड्दै ज्यान गयो

२०७३ मंसिर २९ गते, बुधबार

काठमाडौं, २९ मंसिर । दार्चुलाको शङ्करपुर घर भएका एक स्रोतव्यक्तिको मङ्गलबार हिँड्दा हिँड्दै अकस्मात मृत्यु भएको छ । मृत्यु हुनेमा शङ्करपुर–३ सातचौरीका ४८ वर्षीय किसनसिंह धामी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक रणबहादुर चन्दले जानकारी दिए ।
प्रहरी निरीक्षक चन्दका अनुसार बिहान घरबाट मालिकार्जुन स्रोतकेन्द्र जाने बेलामा एक्कासि मृत्यु भएको हो । उनले भने “विद्यालय गइरहेका धामी घर नजिकै रहेको पानीको धारा नजिकै मृत भेटिएका हुन् ।” धामीको के कारणले मृत्यु भएको भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । हृदयाघातका कारण मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान रहेको छ ।
जिल्ला अस्पताल दार्चुलामा शवपरीक्षणपछि आफन्तको जिम्मा लगाइसकिएको छ । शवपरीक्षण गरिएपनि कसरी मुत्यु भएको हो भन्ने रिपोर्ट आएपछि मात्रै पुष्टि हुने प्रहरी निरीक्षक चन्दले बताए । धामी दार्चुलाको मालिकार्जुन र गोकुलेश्वर स्रोतकेन्द्रका स्रोतव्यक्ति थिए । – रासस

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु