‘आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वय भएन’

२०७३ मंसिर २७ गते, सोमबार

काठमाडौं, २७ मंसिर । महिला, कानुन र विकास मन्चले गरेको कार्यक्रमका सहभागीहरुले आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयन हुन नसकेको गुनासो गरेका छन् । उनीहरुले संविधानमै व्यवस्था भएपनि ऐन, कानुन नबनेका कारण आमाको नामबाट नागरिकता पाउने व्यवस्था कार्यान्वयनमा आउन नसकेको बताए ।
कार्यक्रममा मकवानपुरकी सुकुमाया लामाले आफू १२ वर्षको उमेरमा भारतका बेचिएको र भारतमा विवाह भइ उतै बसेको तर श्रीमान्को मृत्युपछि नेपाल आएपनि आफ्नो र दुई सन्तानकोसमेत जन्मदर्ता हुन नसकेको गुनासो गरिन् । कार्यक्रममा विदेशी बाबु र नेपाली आमाका सन्तानहरुलेसमेत नागरिकता नपाएको गुनासो गरेका थिए ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु