नेपाललाई जस्तोसूकै सहयोग गर्न तयार : अमेरिका

२०७२ पुष २४ गते, शुक्रबार

काठमाडौं, २४ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत अलिना बी ट्याप्लीजले आज भेटवार्ता गरेकी छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा नेपालको पछिल्लो राजनीतिक अवस्थालगायतका विषयमा छलफल भएको थियो । भेटमा राजदूत ट्याप्लीजले संविधान कार्यान्वयन र नेपालमा हाल देखिएको समस्या समाधानका बारेमा चासो व्यक्त गरेकी थिइन् । उनले नेपालको शान्ति प्रक्रिया र विकासका लागि जुनसुकै सहयोग गर्न अमेरिका तयार रहेको बचनसमेत दिइन् ।
त्यस क्रममा प्रधानमन्त्री ओलीले नेपालमा देखिएको राजनीतिक समस्या चाँडै अन्त्य हुने विश्वास व्यक्त गरे । उनले समस्या समाधानका लागि दलहरुबीच वार्ता भइरहेको र मधेसी दलका माग संविधान संशोधन मार्फत् पूरा गर्न सकिने बताए । समस्या समाधानका लागि प्रमुख तीन दल र मधेसी मोर्चाले कार्यदल बनाइसकेकाले मुलुकले छिट्टै निकास पाउने उनको भनाइ थियो ।

प्रतिक्रियाहरु