प्रचण्ड थाइल्यान्ड जादै

२०७२ पुष २१ गते, मंगलवार

काठमाडौं, २१ पुस । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र सभामुख ओनसरी घर्तीमगर थाइल्याण्ड जाने भएका छन् । थाइल्यान्डको एक अस्पतालमा उपचार गराइरहेका एमाओवादीका सचिव वर्षमान पुनलाई भेट्न एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र सभामुख ओनसरी घर्ती मगर बुधबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् ।
कमलपित्त रोगको समस्याका कारण झन्डै दुई सातादेखि थाइल्यान्डमा उपचार गराइरहेका पुनलाई भेट्न र उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिन अध्यक्ष दाहाल र सभामुख थाइल्यान्ड जान लागेको सभामुख घर्तीका प्रेस सल्लाहकार बबिन शर्माले जनाए । एमाओवादीका सचिव पुन सभामुख घर्तीका श्रीमान् हुन् ।
यसअघि सोही समस्याका कारण नेता पुनले भारतको मेदान्त अस्पतालमा उपचार गराएका थिए । पुनःसमस्या आएपछि उनी थप उपचारका लागि थाइल्यान्ड गएका थिए ।

प्रतिक्रियाहरु