राजनीति

मोर्चालाई आन्दोलन फिर्ता लिन चौतर्फी दबाब

काठमाडौ, ११ माघ । संविधान संशोधनसँगै सीमा नाकामा अवरोध लगायत कार्यक्रम फिर्ता लिन मधेसी मोर्चालाई चर्को दबाबमा परेको छ। संविधानप्रति असहमति राख्दै गएको साउन ३१ देखि मधेस हड्ताल थालेको मोर्चाले असोज ६ देखि जारी नेपाल–भारत सीमा नाका धर्ना दिंदै आएको छ। आन्दोलन थाल्ने बेला मोर्चाले अघि सारेका ४ मुख्य मागमध्ये संविधान संशोधनबाट दुईटाको सम्बोधन भए […]

२०७२ माघ ११ गते, सोमबार

नेपालको राष्ट्रियता खतरामा : गजुरेल

काठमाडौ, १० माघ । नेकपा क्रान्तिकारी माओवादीका उपाध्यक्ष सीपी गजुरेलले नेपालको राष्ट्रियता खतरामा परेको बताएका छन । उनले तस्कर र भ्रष्टाचारीहरुले समानान्तर अर्थतन्त्र चलाइरहँदासमेत सरकार मुकदर्शक बनेको आरोप समेत लगाएका छन् । विदेशी मित्र राष्ट्रका नेपाली वाणिज्य दूतहरुसँग आज ललितपुरमा अन्तक्र्रिया गर्दै उपाध्यक्ष गजुरेलले मुलुक असफल राष्ट्र बन्ने बाटोतर्फ अघि बढेको बताए । उपाध्यक्ष गजुरेलले […]

२०७२ माघ १० गते, आईतवार

अरुणपूर्व चक्काजाम

काठमाडौ, १० माघ । लिम्बूवान संयुक्त सङ्घर्ष समितिले आज अरुणपूर्व चक्काजाम आह्वान गरेको छ । मोरङको रङ्गेलीमा भएको घटनाको विरोधमा समितिले आज बिहानैदेखि गरेको चक्काजामका कारण ताप्लेजुङसहित पूर्वको जनजीवन प्रभावित बनेको छ । यातायात बन्दका कारण बिहानैदेखि ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम, सङ्खुवासभा, झापालगायत जिल्ला प्रभावित बनेका छन् । यी जिल्लामा चल्ने छोटो तथा लामो दूरीका […]

२०७२ माघ १० गते, आईतवार

संविधान संशोधन विधेयक पारित हुदै

काठमाडौ, ९ माघ । संसदको आज दिउँसो बस्ने बैठकले संविधान संशोधन विधेयक पारित गर्ने भएको छ । हिजो दफावार छलफल सकिएकाले यसअघिको कार्यसूची अनुुसार विधेयक पारित गर्ने संसद सचिवालयले जनाएको छ । २ दिनसम्म भएको छलफलमार्फत सांसदहरुले मधेशी मोर्चाको माग सम्बोधन गर्ने प्रयास गरेका छन् । आज दिउँसो बस्ने संसद बैठक अघि प्रमुख दल र […]

२०७२ माघ ९ गते, शनिबार

मधेसी मोर्चालाई मनाउने प्रयास हुदै

काठमाडौ, ८ माघ । प्रमुख तीन दल आजपनि मधेसी मोर्चालाई मनाउन छलफलमा जुट्ने भएका छन् । उनीहरु आज मोर्चासग सहमति नभए भोलि संशोधन विधेयक पारित गराउने तयारीमा छन । हिजो राजनीतिक गतिरोध अन्त्यका लागि मधेसी मोर्चासँग शीर्ष तहको वार्तालाई निरन्तरता दिने निर्णय गरेका थिए । एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले केही विषयमा असमझदारी भएपनि वार्ताबाटै समाधान […]

२०७२ माघ ८ गते, शुक्रबार

मोर्चासँगको वार्ता निष्कर्षहीन

काठमाडौँ, ७ माघ । तीन प्रमुख दलका शीर्षनेता र संयुक्त मधेसी मोर्चाका नेताबीच प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको वार्ता बिनानिष्कर्ष टुङ्गिएको छ । मोर्चाले संविधान संशोधनलगायत अन्य विषयको समाधान ‘प्याकेज’ मै गर्न अडान राखेपछि सहमति हुन नसकेको मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष तथा उपप्रधानमन्त्री विजयकुमार गच्छदारले बताए । सरकार मधेसको समस्या समाधानका लागि गम्भीर रहेको […]

२०७२ माघ ७ गते, बिहीबार

संविधान संशोधनमाथि दफावार छलफल हुदै

काठमाडौ, ७ माघ । आजदेखि संसदमा संविधान संशोधनमाथि दफावार छलफलको प्रक्रिया सुरु हुने भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको विरोधका बिचमा पनि व्यवस्थापिका संसदमा पेश भएको संविधान संसोधनमाथि मतदान हुने भएको हो । ९ गते मतदान गर्ने गराउने कार्यक्रम तय भएको संसद सचिवालयका प्रवक्ता डाक्टर भरत गौतमले जानकारी दिए । प्रमुख दलले आउँदो ९ […]

२०७२ माघ ७ गते, बिहीबार

सवारी साधनको भाडा घटाउ : नेविसङ्घ

काठमाडौँ, ६ माघ । नेपाल विद्यार्थी सङ्घले पेट्रोलियम पदार्थको मूल्य घटेकाले सवारी साधनको पनि भाडादर घटाउन तत्काल माग गरेको छ । नेविसङ्घका प्रवक्ता युपी लामिछानेले विज्ञप्ति जारी विद्यार्थीलाई ४५ प्रतिशत सहुलियत दिने नियमलाई कडाइका साथ कार्यान्वयन गर्न सरकारसँग माग गरेका छन । नेविसङ्घले सरकारको निर्णय नकुरेर इमान्दारीका साथ भाडा घटाउन यातायात व्यवसायीलाई आग्रह गर्दै तत्काल […]

२०७२ माघ ६ गते, बुधबार

अख्तियारले १०७ नम्बरमा गुनासो सुन्ने

काठमाडौँ, ६ माघ । सार्वजनिक निकायमा कुनै अनियमितता भएको छ वा सेवाप्रदायक निकायमा सेवा लिन जाँदा तपाईंमाथि कुनै सरकारी कर्मचारीले दुःख दिएका छन् भने अब धन्दा नमान्नुस् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आजदेखि नेपाल टेलिकमको सहयोगमा १०७ नम्बरको टेलिफोन नम्बर सञ्चालनमा ल्याएको छ । सो टेलिफोन नम्बर चौबिसै घन्टा सञ्चालनमा रहनेछ । मुलुकभित्रका जुनसुकै स्थानबाट […]

२०७२ माघ ६ गते, बुधबार

संविधान संशोधन प्रक्रिया सुरु हुँदै

काठमाडौ, ५ माघ । आजदेखि संविधान संशोधनको प्रक्रिया सुरु हुने भएको छ । व्यवस्थापिका संसदको आज दिउँसो १ बजे बस्ने बैठकमा नेपालको संविधान पहिलो संशोधन विधेयक २०७२ माथि दफाबार छलफल गर्नका लागि संविधान संशोधन विशेष समिति गठन सम्बन्धि प्रस्ताव पेश गर्ने तयारी भएको छ । आजको बैठकमा सभामुखले संशोधित संविधानको धारामा छलफलका लागि विशेष समिति […]

२०७२ माघ ५ गते, मंगलवार