ढुंगेललाई आममाफी दिन मिल्दैन : सर्वोच्च

२०७२ पुष २३ गते, बिहीबार

काठमाडौं, २३ पुस । एमाओवादीका पूर्व सभासद बालकृष्ण ढुंगेललाई आममाफी दिन नमिल्ने सर्वोच्च अदालतले फैसला सुनाएको छ । उज्जनकुमार श्रेष्ठको हत्या प्रकरणसम्वन्धी मुद्दामा संवैधानिक इजलासले बिहीबार आदेश दिएको हो । अदालतले सर्वस्वसहित जन्मकैदको यसअघिको फैसला कार्यान्वयन गर्न भनेको छ ।
सशस्त्र द्वन्द्वकालमा ओखलढुंगाका उज्जनकुमार श्रेष्ठको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।
त्यसविरुद्ध सर्वोच्चमा परेको रिटमा पनि ढुंगेलको विपक्षमा फैसला सुनाएको थियो । तर, ढंगेल पक्राउ पर्नुका साटो सभासद भएपछि श्रेष्ठकी दिदी सावित्री श्रेष्ठले कारबाहीको माग गर्दै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

प्रतिक्रियाहरु