राजनीति

वाणिज्यमन्त्रीको सम्पति दुई करोड नगद, १०५ तोला सुन र १५०० तोला चाँदी

काठमाडौं, ४ जेठ । वाणिज्यमन्त्री जयन्त चन्दको सम्पति दुई करोड नगद, १०५ तोला सुन र १५०० तोला चाँदी रहेको बताइएको छ । चन्दका श्रीमती र छोरीका नाममा काठमाडौं र ललितपुरमा गरी दुई रोपनी चार आना जग्गा रहेको छ । उनीसँग सवारी–साधनका नाममा एक मारुती सुजुकी कार रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा जनाइएको […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

संघीय गठबन्धन प्रधानमन्त्री निवास घेराउ गर्दै

काठमाडौ, ४ जेठ । संघीय गठबन्धनले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएका छन् । अहिले बिहान १० बजेदेखि घेराउ शुरु हुनेछ । यसअघि गठबन्धनले सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिनदेखि धर्ना र प्रदर्शन गर्दै गरेको थियो । आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि बालुवाटार घेर्न […]

२०७३ जेष्ठ ४ गते, मंगलवार

कांग्रेसमा नेतृत्वप्रति चरम असन्तुष्टि, पार्टी अस्तव्यस्त

काठमाडौ, ३ जेठ । नेपाली कांग्रेसभित्र पार्टी सञ्चालदेखि सदनमा प्रमुख प्रतिपक्षको भूमिकामा नेतृत्व चुकेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । पार्टीभित्र असन्तुष्टि बढेपछि कांग्रेस अस्तव्यस्त देखिएको छ । पार्टीसभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर केही केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्न थालेका छन् । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ सभापति देउवा संस्थागत निर्णय नगरी केही सल्लाहकारको […]

२०७३ जेष्ठ ३ गते, सोमबार

संघीय गठबन्धनको सिंहदरबार घेराउ जारी

काठमाडौ, ३ जेठ । संघीय गठबन्धनले आजपनि सिंहदरबार घेराउ गर्ने भएको छ । गठबन्धनले आजपनि बिहान साढे ९ बजेपछि सिंहदरबारको मुख्य प्रवेश ढोका र मुख्य सडकमा धर्ना दिने जनाएको छ । यसअघि आजसम्मका लागि तय गरिएको कार्यक्रम भोलि पनि निरन्तरता दिने निर्णय गरिएको गठबन्धनले जनाएको छ । पहिलो दिनको कार्यक्रमले सरकारलाई दवाव पुगेको निस्कर्षसहित आदिवासी […]

२०७३ जेष्ठ ३ गते, सोमबार

हिसान बिभाजनको संघारमा

काठमाडौ, २ जेठ । गत बैशाख ३० गतेबाट सुरु भएको निजी उच्च माध्यमिक विद्यालयको छाता सङ्गठन उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान) को सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको बताइए पनि बास्तबिकता अर्कै रहेको स्रोतले बताएको छ । हिसानको महाधिवेशनमा देशभरका नीजि उच्च माध्यमिक संचालकका करिब ७ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएका थिए । महाधिवेशनमा उच्च […]

२०७३ जेष्ठ २ गते, आईतवार

किर्ते कागज बनाई एयरपोर्टको जग्गा बिक्री

काठमाडौं, २ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा किर्ते कागज बनाई बिक्री गरेको आरोपमा उपसचिवसहित पाँच पक्राउ परेका छन् । एयरपोर्टले अधिग्रहण गरिसकेको गजग्गालाई झुक्याएर बिक्री गर्ने भक्तपुर मालपोत कार्यालयका तत्कालिन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको दिव्यश्वरी(८ पेप्सीकोलाको १२ आना जग्गा भू(माफियाको समूहसँग मिलेर भक्तपुर मालपोत कार्यालयका कर्मचारीले बिक्री गरेका थिए । जग्गा दलालसहित […]

२०७३ जेष्ठ २ गते, आईतवार

भट्टराईद्वारा सिंहदरवार घेराउको समर्थन

काठमाडौं, २ जेठ। पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले संघीय गठबन्धनले संविधानप्रति असन्तुष्टि जनाउँदै आज गरेको सिंहदरवार घेराउ कार्यक्रमलाई समर्थन गरेका छन् । उनले विज्ञप्तिमा नेपाली जनताको लामो संघर्षपपछि संविधानसभाबाट जारी नेपालको संविधान २०७२ महत्वपूर्ण उपलब्धि हुँदाहुँदै पनि यो उत्पीडित समुदायको पहिचान र अधिकारको सवालमा अपुरो छ भनेर नयाँ शक्ति नेपालले […]

२०७३ जेष्ठ २ गते, आईतवार

पार्टी एकताको नाममा धोका र षड्यन्त्रः वैद्य ( विशेष अपिलसहित )

काठमाडौ, १ जेठ । नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन बैद्यले पार्टीका महासचिव रामबहादुर थापाको नेतृत्वमा अलग्गै बैठक बसी पार्टी विभाजन हुनुलाई गंभीर षड्यन्त्र र धोका भएको टिप्पणी गरेका छन । उनले सिद्धान्त र बैचारिक आधार विना विचलित भएर थापा लगायतका मानिस लागेर हिडेको भन्दै यसको औचित्य नरहेको ठोकुवा गरेका छन । बैद्यले यस्तो षड्यन्त्र र […]

२०७३ जेष्ठ १ गते, शनिबार

वैद्य माओवादी फुट्यो

काठमाडौ, १ जेठ । नेकपा क्रान्तिकारी माओवादी बिभाजित भएको छ । अध्यक्ष मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले वैद्यलाई हटाएर रामबहादुर थापा ‘बादल’लाई अध्यक्ष बनाएको छ । कुपन्डोलमा आज बसेको बादल पक्षका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले वादलको नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन गर्दै एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने निर्णयसमेत गरेको छ । […]

२०७३ जेष्ठ १ गते, शनिबार

सर्वदलीय बैठक निष्कर्षविहीन

काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन भएको छ । संसद् नियमावलीमा देखिएको विवाद समाधानका लागि पहल गर्न सो बैठक बोलाईएको थियो । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकमा दलहरुबीच सहमति बन्न नसकेपछि निष्कर्षविहीन भएको हो । बैठकमा सत्तारुढ दल नेकपा एमाले, एकीकृत माओवादी, राप्रपा नेपाल, फोरम लोकतान्त्रिक र प्रमुख […]

२०७३ जेष्ठ १ गते, शनिबार