राजनीति

आज नवौं गणतन्त्र दिवस

काठमाडौं, १५ जेठ । २०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि आठौं वर्ष पूरा भएर नवौं वर्षमा प्रवेश गरेको छ । यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । वि.सं. २०६२/०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो । गणतन्त्र स्थापनाको दशक हुन लाग्दा पनि मुलुकमा […]

२०७३ जेष्ठ १५ गते, शनिबार

संसद नियमावलीमा सहमति जुटेन

काठमाडौं, १४ जेठ । सभामुख ओनसरी घर्तीले सिंहदरबारमा बोलाएको नेपाली कांग्रेस, नेकपा एमाले र एकीकृत माओवादीका शीर्ष नेतासहित सचेतकहरुको बैठक बिना निष्कर्ष टुंगिएको छ ।सभामुख घर्तीले संसद् नियमावलीमा सहमति जुटाउन शीर्ष नेताहरुको बैठक बोलाएकी थिइन् । बैठकमा ठोस सहमति जुट्न नसकेपछि बजेटपछि पुनः छलफल गरिने नेताहरुले बताएका छन् । बैठकमा नेपाली कांग्रेसले पुरानै संसद नियमावलीअनुसार […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार

संघीय गठबन्धन आन्दोलनको समीक्षा गर्दै

काठमाडौ, १४ जेठ । संघीय गठबन्धन आन्दोलनको समिक्षा र नयाँ आन्दोलनको कार्यक्रमबारे छलफल गर्न बैठकमा बस्दैछ । बैठकमा आन्दोलनको समीक्षा पनि हुनेछ । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले सरकारले आफ्ना सर्त पुरा नगरेसम्म वार्तामा नजाने विषयमा प्रष्ट भएपनि केही विषयमा धारणा बनाउनुपर्ने भएकाले बैठक बस्न लागेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले वार्तामा आउन […]

२०७३ जेष्ठ १४ गते, शुक्रबार

​​‘इच्छुक’को सम्झनामा अन्तरक्रिया कार्यक्रम

काठमाडौं, १३ जेठ । महान सांस्कृतिक–साहित्यिक अग्रज, पत्रकार एवंम सांस्कृतिक आन्दोलनका आदर्श नायक कृष्ण सेन ‘इच्छुक’को हत्या भएको दिन आज १४ औं स्मृर्ति एवंम बलिदानी दिवसको अवसरमा देशभर विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन् । यसैक्रममा यता बुटवलमा पनि क्रान्तिकारी पत्रकार संगठन रुपन्देहीको आयोजनामा ‘जनपक्षिय पत्रकारीतामा कृष्ण सेनको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । […]

२०७३ जेष्ठ १३ गते, बिहीबार

कर्मचारी सङ्गठन चुनावी प्रचारमा

काठमाडौँ, १३ जेठ । कर्मचारी सङ्गठनहरू यतिबेला चुनावी प्रचारमा होमिएका छन् । निजामती सेवाको आधिकारिक ट्रेड युनियनको चुनाव जेठ १९ गते हुने निश्चित भएसँगै कर्मचारी सङ्गठनहरू चुनावी प्रचारमा होमिएका हुन् । नतिजा आफ्नो पक्षमा पार्न कर्मचारी नेताहरू यतिबेला कर्मचारी मतदाताको घरदैलो र कार्यालयमै पुगेर मत मागिरहेका छन् । निर्वाचन कार्यतालिकाअनुसार १७ गतेसम्म मात्र चुनावी प्रचार […]

२०७३ जेष्ठ १३ गते, बिहीबार

१४ औं कृष्णसेन ईच्छुक स्मृति दिवश मनाईदै

काठमाण्डौ , १३ जेठ । आज जेठ १३ अर्थात कृष्णसेन ईच्छुक स्मृति दिवश । पत्रकार एवम् साहित्यकार कृष्णसेन ‘इच्छुक’ को १४ औं स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । दिवसका अवसरमा राजधानीमा बिहान क्रान्तिकारी पत्रकार संघ , क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी पत्रकार संगठनले संयुक्त रुपमा प्रभातफेरि सम्पन्न भएको छ । शान्तिबाटिकाबाट सुरु भएको […]

२०७३ जेष्ठ १३ गते, बिहीबार

‘वार्ताको हल्ला गराएर सरकारले झुटको खेती गरिरहेको छ ‘

काठमाडौं, जेठ १२ । मधेसी मोर्चाका संयोजक तथा तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सरकारले वार्ताका लागि पत्र पठाएकोबारे आफूलाई जानकारी नभएको बताएका छन । यसअघि मोर्चाले सरकारले वार्ताका लागि पत्र पठाएकोबारे जानकारी नभएको भन्दै आफूहरुसँग वार्ताको वातावरण बनाउने विषयमा भएको सहमति कार्यन्वयन नहुँदासम्म वातार्मा नबस्ने जनाएको थियो । सरकार मधेसको माग सम्बोधन गर्न […]

२०७३ जेष्ठ १२ गते, बुधबार

दश हजार कैदीबन्दी राख्न मिल्ने कारागार बन्दै

काठमाडौँ, १२ जेठ । कारागार व्यवस्थापन विभागका महानिर्देशक हिमनाथ दवाडीले दश हजार कैदीबन्दी राख्न मिल्नेगरी दुईवटा कारागार बन्न लागेको बताएका छन । पछिल्लो समय फैसला कार्यान्वयन केन्द्र प्रयोगमा आएपछि अपराधीको सङ्ख्यामा वृद्धि भएको र कारागारको सङ्ख्या कम भएकाले दुईवटा ठूला क्षमताका कारागार थप्न लागिएको महानिर्देशक दवाडीले जानकारी दिए । नयाँ बन्न लागेका कारागारमध्ये नुवाकोटमा सात […]

२०७३ जेष्ठ १२ गते, बुधबार

संघीय गठबन्धनको विरोधसभा बालाजुको बाइपासमा

काठमाडौ, १२ जेठ । संघीय गठबन्धनले आज बालाजुको बाइपासमा विरोधसभा गर्ने भएको छ । राजधानी केन्द्रीत आन्दोलन गरिरहेको गठबन्धनले आज ३ बजे बालाजुबाट जुलुस निकालेर ४ बजे बाइपासमा पुग्ने र त्यहाँ नेताहरुले सम्बोधन गर्ने तयारी छ । हिजो प्रधानमन्त्रीले आह्वान गर्नुभएको सर्वदलीय बैठक र प्रधानमन्त्रीले वार्ताका लागि पत्र पठाए पनि नगएका गठबन्धन आवद्ध नेताहरुले आज […]

२०७३ जेष्ठ १२ गते, बुधबार

सर्वदलीय’ बैठक एजेन्डामा प्रवेश नै नगरी टुंगियो

काठमाडौं, ११ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक एजेन्डामा प्रवेश नै नगरी टुंगिएको छ । बैठक मधेसी मोर्चा नआएका कारण मुख्य एजेन्डामा प्रवेश नै नगरी टुंगिएको हो । मोर्चाले अन्तिम समयमा आएर आन्तरिक कारणले आउन नसकेको जवाफ दिएको सरकारको भनाइ छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मोर्चासँग औपचारिक र अनौपचारिक दुबै छलफल […]

२०७३ जेष्ठ ११ गते, मंगलवार