कांग्रेसमा नेतृत्वप्रति चरम असन्तुष्टि, पार्टी अस्तव्यस्त

२०७३ जेष्ठ ३ गते, सोमबार

काठमाडौ, ३ जेठ । नेपाली कांग्रेसभित्र पार्टी सञ्चालदेखि सदनमा प्रमुख प्रतिपक्षको भूमिकामा नेतृत्व चुकेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ । पार्टीभित्र असन्तुष्टि बढेपछि कांग्रेस अस्तव्यस्त देखिएको छ । पार्टीसभापति शेरबहादुर देउवाको कार्यशैलीलाई लिएर केही केन्द्रीय सदस्यले सामाजिक सञ्जालमै असन्तुष्टि पोख्न थालेका छन् । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ सभापति देउवा संस्थागत निर्णय नगरी केही सल्लाहकारको भरमा चल्दा उनको भनाइ विवादित बनेको बताउँछन् ।
सरकार परिवर्तनका लािग गरेको प्रयास असफल हुनु, फास्ट ट्र्याकको विषयमा संसदमा बोलेको कुराको आलोचना हुन त्यसकै परिणाम हो । उनी भन्छन् ‘यसबाट पाठ सिकेर संस्थागत निर्णयबाट अघि बढ्नुभयो भने उहाँलाई त्यसले सुदृढ बनाउनेछ ।’ देउवाले सदमा नीति तथा कार्यक्रममको छलफलमा स्वदेशी लगानीमा फस्ट ट्याक बन्न नसक्ने बताएपछि उनी आलोचित बनेका हुन् ।

प्रतिक्रियाहरु