वैद्य माओवादी फुट्यो

२०७३ जेष्ठ १ गते, शनिबार

काठमाडौ, १ जेठ । नेकपा क्रान्तिकारी माओवादी बिभाजित भएको छ । अध्यक्ष मोहन बैद्य नेतृत्वको क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले वैद्यलाई हटाएर रामबहादुर थापा ‘बादल’लाई अध्यक्ष बनाएको छ । कुपन्डोलमा आज बसेको बादल पक्षका बहुमत केन्द्रीय सदस्यहरुको बैठकले वादलको नेतृत्वमा केन्द्रीय समिति पुनर्गठन गर्दै एकीकृत नेकपा माओवादीसँग पार्टी एकता गर्ने निर्णयसमेत गरेको छ ।
वैद्य माओवादीको १९९ सदस्यीय केन्द्रीय समितिमध्ये बादल पक्षका १३० जना सदस्यहरु आजको बैठकमा सहभागी भएको बताईएको छ । वैद्यलाई अन्तिम समयसम्म एकताका लागि मनाउने प्रयास गरे पनि उनले अस्वीकार गरेपछि एकता पक्षधरले बादललाई अध्यक्ष बनाउदै एकताको निर्णय गरेको हो ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु