हिसान बिभाजनको संघारमा

२०७३ जेष्ठ २ गते, आईतवार

काठमाडौ, २ जेठ । गत बैशाख ३० गतेबाट सुरु भएको निजी उच्च माध्यमिक विद्यालयको छाता सङ्गठन उच्च माध्यामिक विद्यालय सङ्घ (हिसान) को सातौँ राष्ट्रिय महाधिवेशन सम्पन्न भएको बताइए पनि बास्तबिकता अर्कै रहेको स्रोतले बताएको छ । हिसानको महाधिवेशनमा देशभरका नीजि उच्च माध्यमिक संचालकका करिब ७ सय प्रतिनिधि तथा पर्यवेक्षकहरु सहभागी भएका थिए । महाधिवेशनमा उच्च माध्यमिक विद्यालयका समस्या, चुनौती र अवसर तथा शैक्षिक र प्राज्ञिक मुद्दाहरूमा छलफल गरिए पनि नेतृत्व चयनका बिषयमा गम्भीर बिबाद भएको बताइएको छ । हिसानका सस्थापक वरिष्ठ नेताहरुलगायत सयौ सदस्यहरुले हिसानमा एमालेले एकलौटी कब्जा जमाएको भन्दै उमेश श्रेष्ठको नेतृत्वमा समानान्तर कमिटि गठन गर्ने तयारी गरेको स्रोतको ठोकुवा छ । उमेश श्रेष्ठको नेतृत्वमा गठन हुने समानान्तर कमिटीले हिसानलाइ हिमाल पहाड तराइका सबै पार्टी र सम्बद्ध सस्थापकहरुको सझा सस्था बनाउने तयारी गरेको स्रोतको दाबि छ ।
उमेश श्रेष्ठको नेतृत्वमा गठन हुने समानान्तर कमिटी डा. बाबुराम पोख्रेल , डा माधव बराल , डा.शिवदत्त ज्ञवाली , डा. आरसी आचार्य ,नवराज पाण्डे रामेश्वोर अर्याल , शिवहरी मुडभरी , स्वागत श्रेष्ठ , भेषराज पोख्रेल , एस पी सिंह बलराम पन्त शेषमणि गौतमलगायत सयौ सदस्य रहेको स्रोतको दाबि छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु