संघीय गठबन्धन प्रधानमन्त्री निवास घेराउ गर्दै

२०७३ जेष्ठ ४ गते, मंगलवार

काठमाडौ, ४ जेठ । संघीय गठबन्धनले आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेराउ गर्ने भएका छन् । अहिले बिहान १० बजेदेखि घेराउ शुरु हुनेछ । यसअघि गठबन्धनले सिंहदरबार घेराऊ गर्ने कार्यक्रम अन्तर्गत माइतीघर मण्डला र हनुमान स्थानमा दुई दिनदेखि धर्ना र प्रदर्शन गर्दै गरेको थियो ।
आन्दोलनको स्वरुप र स्थान परिवर्तन गर्दै गठबन्धनले सिंहदरबारपछि बालुवाटार घेर्न लागेको गठबन्धनले जनाएको छ । गठबन्धनमा आबद्ध २९ दलका सबै नेता कार्यकर्ताहरुले आज बालुवाटार घेर्ने छन् ।
माग सम्बोधन गराउन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि प्रत्यक्ष दवाव दिन प्रधानमन्त्री निवास बालुवाटार घेराउ गर्न लागिएको गठबन्धनले जनाएको छ । संघीय गठबन्धनले आन्दोलनको स्थान परिवर्तन गर्दै बालुवाटार सारेपछि जिल्ला सुरक्षा समितिले भने निषेधित क्षेत्रको स्थान बढाएको छ ।
गठबन्धनले सिंहदरवारको साटो बालुवाटार घेरा गर्ने घोषणापछि जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकले प्रधानमन्त्री, सभामुख र प्रधानन्यायाधीशको सरकारी निवास वरपरको निषेधित क्षेत्र बढाएको हो । राष्ट्र बैंक चोकदेखि पूर्वको सय मिटर क्षेत्रलाई समेत निषेधित क्षेत्र तोकिएको छ ।

प्रतिक्रियाहरु