वाणिज्यमन्त्रीको सम्पति दुई करोड नगद, १०५ तोला सुन र १५०० तोला चाँदी

२०७३ जेष्ठ ४ गते, मंगलवार

काठमाडौं, ४ जेठ । वाणिज्यमन्त्री जयन्त चन्दको सम्पति दुई करोड नगद, १०५ तोला सुन र १५०० तोला चाँदी रहेको बताइएको छ । चन्दका श्रीमती र छोरीका नाममा काठमाडौं र ललितपुरमा गरी दुई रोपनी चार आना जग्गा रहेको छ । उनीसँग सवारी–साधनका नाममा एक मारुती सुजुकी कार रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा जनाइएको छ ।
त्यस्तै, सुन १०५ तोला, चाँदी एक हजार ५०० तोला र ४ थान हिराका साथै सिद्धार्थ, एभरेस्ट र हिमालयन बैंकमा रु एक करोड ९५ लाख ४९ हजार ३०५ मौज्दात तथा विभिन्न बैंंक तथा संस्थाका ६३६ कित्ता सेयर रहेको सम्पत्ति विवरणमा जनाइएको छ । उनका पिता लोकेन्द्रबहादुर चन्दका नाममा भने भक्तपुरको मध्यपुर थिमिमा एक रोपनी ११ आना दुई पैसामा बनेको घर रहेको उल्लेख छ ।

प्रतिक्रियाहरु