संघीय गठबन्धनको सिंहदरबार घेराउ जारी

२०७३ जेष्ठ ३ गते, सोमबार

काठमाडौ, ३ जेठ । संघीय गठबन्धनले आजपनि सिंहदरबार घेराउ गर्ने भएको छ । गठबन्धनले आजपनि बिहान साढे ९ बजेपछि सिंहदरबारको मुख्य प्रवेश ढोका र मुख्य सडकमा धर्ना दिने जनाएको छ । यसअघि आजसम्मका लागि तय गरिएको कार्यक्रम भोलि पनि निरन्तरता दिने निर्णय गरिएको गठबन्धनले जनाएको छ । पहिलो दिनको कार्यक्रमले सरकारलाई दवाव पुगेको निस्कर्षसहित आदिवासी जनजाति तथा मधेसी दलहरुको संयुक्त मोर्चा संघीय गठबन्धनले सिंहदरबार घेराउको कार्यक्रमलाई निरन्तरता दिने निर्णय गरेको हो ।
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले प्रमुख दलहरुलाई दवाव दिन धेराउ कार्यक्रम लम्ब्याएको बताउनुभयो ।सरकारले भने आज थप सुरक्षाकर्मीको तैनाथी बढाउने भएको छ ।
बिहान ५ बजेदेखि नै सुरक्षाकर्मी परिचालित थिए । पहिलो दिन उपत्यकाको यातायात अस्तब्यस्त बनेको थियो । आन्दोलनमा घुसपैठ हुनसक्ने भन्दै सरकारले खानतलासी र निगरानी पनि बढाएको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु