राजनीति

दोस्रो पूर्वाधार शिखर सम्मेलन सुरु हुदै

काठमाडौं, ८ फागुन । आजदेखि दोस्रो पूर्वाधार शिखर सम्मेलन सुरु हुदै छ । ‘ ‘असल पूर्वाधार समृद्धिको आधार’ भन्ने नाराका साथ राजधानीको सोल्टी होटलमा सम्मेलन सुरु हुन लागेको हो । नेपाल उद्योग परिसंघले सरकारसँगको सहकार्यमा दुइ दिने पूर्वाधार शिखर सम्मेलन आयोजना राजधानीमा गर्न लागेको हो । सम्मेलनमा पूर्वाधार विकासमा नीजि क्षेत्रको अपरिहार्यता माथि बहस गर्ने […]

२०७३ फाल्गुन ८ गते, आईतवार

‘निर्वाचन घोषणा गरिए आन्दोलन ‘

काठमाडौं, ७ फागुन । मधेसी मोर्चाले निर्वाचन घोषणा गरिए आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा स्थानीय तहको निर्वाचनमा सहमति जुटाउन सरकार र मधेसी मोर्चाबीच सो वार्ता भएको थियो । बैठकमा प्रधानमन्त्री दाहालले स्थानीय तहको निर्वाचन घोषणा र संविधान संशोधनको प्रस्तावको प्रक्रिया सँगै अघि बढाउनुपर्ने भएकाले त्यसमा सहमति जनाउन मधेसी मोर्चालाई आग्रह गरेका […]

२०७३ फाल्गुन ७ गते, शनिबार

राष्ट्रपतिलाई आक्रमण गरे १० बर्ष कैद

काठमाडौं,७ फागुन । नेपालका राष्ट्रपति माथि आक्रमण गर्नेलाई १० बर्षसम्म कैद सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गर्ने उद्देश्यले तयार पारिएको फौजदारी कसुरसम्बन्धी विधेयकमा संसदको विधायन समितिले राष्ट्रपतिमाथि हुने आक्रमणकारीमाथि बेग्लै सजाय प्रस्ताव गर्दै यस्तो व्यवस्था पारित गरेको हो । अपराधमा संलग्नमाथि हुने सजाय कानुनका नजरमा राष्ट्रप्रमुख र जनताबीच फरक हुनुपर्ने कि नपर्ने […]

२०७३ फाल्गुन ७ गते, शनिबार

राप्रपाको महाधिवेशन सुरु हुँदै

काठमाडौं, ६ फागुन । राष्ट्रिय प्रजातन्त्र पार्टीको एकता महाधिवेशन आजबाट शुरु हुँदैछ । काठमाडौं हुने सो महाधिवेशनले अध्यक्षसहितको केन्द्रीय समिति चुन्ने छ । यद्यपि, अध्यक्षमा कमल थापा सर्वसम्मत बनाउने सहमति शीर्ष नेताहरुले गरिसकेका छन् । महाधिवेशनले पार्टीका अरु पदाधिकारी र केन्द्रीय सदस्यहरु पनि चयन गर्नेछ । पार्टीलाई सम्बर्धनवादी दलका रुपमा उभ्याउने र आगामी निर्वाचनमा राम्रो […]

२०७३ फाल्गुन ६ गते, शुक्रबार

निर्वाचन आयुक्तद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौं, ५ फागुन । नवनियुक्त तीनजना निर्वाचन आयुक्तले पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा गरिएको कार्यक्रममा नवनियुक्त निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले सपथ लिएका हुन् । शपथ लिएसँगै नवनियुक्त आयुक्तहरुले निर्वाचन आयोगमा पुगेर पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण कार्यक्रममा आयोगका नवनियुक्त सदस्य ईश्वरीप्रसाद पौडेलले […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

चीनद्वारा भारतलाई चेतावनी ‘आगोसँग नखेल’

काठमाडौं, ५ फागुन । चीनले भारतलाई ‘आगोसँग नखेल्न’ चेतावनी दिएको छ । उसले दुई देशबीचको सम्बन्ध मित्रवत् राख्न भारतका तर्फबाट ‘एक चीन’ नीति को सम्मान गरिनुपर्ने पनि प्रष्ट पारेको छ । ताइवानको एक संसदीय प्रतिनिधिमण्डको भारत भ्रमण लगत्तै चीनले भारतलाई यस्तो चेतावनी दिएको हो । ताइवानको संसदीय प्रतिनिधिमण्डलको भारत भ्रमणप्रति चीनले कडा आपत्ति जनाएको छ […]

२०७३ फाल्गुन ५ गते, बिहीबार

एमालेको पोलिटव्युरो बैठक बस्दै

काठमाडौं,४ फागुन । प्रमुख वपक्षी दल नेकपा (एमाले)को पोलिटव्युरोको बैठक आज दिउँसो १ बजेपछि बस्दैछ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न र रणनीति बनाउन सो बैठक बोलाइएको बताइएको छ । काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा अध्यक्ष केपी ओलीले समसामयिक विषय समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले […]

२०७३ फाल्गुन ४ गते, बुधबार

कैलाली र कन्चनपुरका सीमानाका बन्द

काठमाडौं, ३ फागुन । कैलाली र कन्चनपुरका सीमानाका भारतले ४८ घन्टाका लागि बन्द गरेको छ । भारतको उत्तराखन्डमा फागुन ४ गतेदेखि हुने विधानसभाको निर्वाचनलाई लक्षित गरेर नेपालसँग सिमाना जोडिएका कैलाली, कन्चनपुरका नाका सोमबार बेलुकी ५ बजेदेखि फागुन ४ गतेसम्मका लागि बन्द गरेको कैलालीका प्रहरी उपरीक्षक अर्जुन चन्दले जानकारी दिएका छन् । विधानसभाको निर्वाचनलाई लक्षित गर्दै […]

२०७३ फाल्गुन ३ गते, मंगलवार

राष्ट्रपति भण्डारी भारत भ्रमणमा जाने

काठमाडौं, ३ फागुन । अन्तिम समयमा रद्द भएको राष्ट्रपति विद्यादेवी भण्डारीको औपचारिक भारतयात्रा चैतमा हुने भएको छ । निश्चित मिति निर्धारण भइनसकेको तर चैतको पहिलो वा दोस्रो सातामा उक्त भ्रमण हुने परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दिएको छ । ‘राष्ट्रपतिको भ्रमणबारे कूटनीतिक तहमा छलफल चलिरहेको छ । यकिन मिति चाँडै तय हुनेछ,’ स्रोतले भन्यो । माघ […]

२०७३ फाल्गुन ३ गते, मंगलवार

महानिरीक्षक चन्दबिरुद्ध अर्को अन्तरिम आदेश

काठमाडौं, २ फागुन । प्रहरी नायब महानिरीक्षक जयबहादुर चन्दलाई नेपाल प्रहरीको महानिरीक्षकमा गरिएको नियुक्ति तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले पुन: अर्को अन्तरिम आदेश जारी गरेको छ । महानिरीक्षक पदका अर्का दावेदार डिआइजी नवराज सिलवालले आइतबार दायर गरेको रिटको सुनुवाई गर्दै सर्वोच्च अदालतले सोमबार यस्तो आदेश दिएको हो । प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले मन्त्रिपरिषद्ले आइतबार […]

२०७३ फाल्गुन २ गते, सोमबार