निर्वाचन आयुक्तद्वारा पद तथा गोपनीयताको शपथ

२०७३ फाल्गुन ५ गते, बिहीबार

काठमाडौं, ५ फागुन । नवनियुक्त तीनजना निर्वाचन आयुक्तले पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा गरिएको कार्यक्रममा नवनियुक्त निर्वाचन आयुक्तहरु नरेन्द्र दाहाल, ईश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहले सपथ लिएका हुन् । शपथ लिएसँगै नवनियुक्त आयुक्तहरुले निर्वाचन आयोगमा पुगेर पदभार ग्रहण गरेका छन् ।
पदभार ग्रहण कार्यक्रममा आयोगका नवनियुक्त सदस्य ईश्वरीप्रसाद पौडेलले निर्वाचन आयोगलाई राजनीतिक हस्तक्षेप मुक्त बनाउने र तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन गराउने प्रतिबद्धता व्यक्त गरे । तीन सदस्य थपिएसँगै निर्वाचन आयोगले पूर्णता पाएको छ । संवैधानिक परिषद्को सिफारिस संसदीय सुुनुवाइ विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले आयुक्तहरु नियुक्त गरेकी हुन् ।

प्रतिक्रियाहरु