नक्कली हवाई टिकट बेच्ने पक्राउ

२०८१ बैशाख १६ गते, आईतवार


काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हवाई टिकट मिलाइदिने भन्दै ठगी गरेको आरोपमा एक युवती पक्राउ गरेको छ । टोलीले तारकेश्वर नगरपालिका–५ कि २९ वर्षीया सुनिता लामिछानेलाई शुक्रबार गोकर्णेश्वरको नमूना बस्तीबाट पक्राउ गरेको हो । फेसबुकमार्फत चिनजान भएका व्यक्तिहरूलाई उनले सस्तोमा हवाई टिकट मिलाइदिने भन्दै ठगी गर्दै आएकी थिइन् । उनले बागबजारमा ज्वाइन्ट भिजन ट्राभल एण्ड टुर्स प्रालि सञ्चालन गर्दै आएको खुलेको छ ।
अहिलेसम्म उनले ८ जनालाई ठगी गरेको प्रहरीले जनाएको छ । सस्तोमा हवाई टिकट भन्दै नक्कली हवाई टिकट दिएर ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता रवीन्द्र रेग्मीले बताए । उनीविरुद्ध बैंकिङ कसुरका तीन वटा मुद्दासमेत जिल्ला प्रहरी परिसर काठमाडौंमा परेको खुलेको छ ।

प्रतिक्रियाहरु

सम्बन्धित समाचारहरु