एमालेको पोलिटव्युरो बैठक बस्दै

२०७३ फाल्गुन ४ गते, बुधबार

काठमाडौं,४ फागुन । प्रमुख वपक्षी दल नेकपा (एमाले)को पोलिटव्युरोको बैठक आज दिउँसो १ बजेपछि बस्दैछ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल गर्न र रणनीति बनाउन सो बैठक बोलाइएको बताइएको छ । काठमाडौंको धुम्बाराहीस्थित पार्टी मुख्यालयमा बस्ने बैठकमा अध्यक्ष केपी ओलीले समसामयिक विषय समेटिएको राजनीतिक प्रतिवेदन पेश गर्ने कार्यक्रम रहेको केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले जानकारी दिए ।
बैठकमा फागुन २१ गतेदेखि शुरु हुन लागेको एमालेको मेच–महाकाली अभियानका साथै समग्र राजनीतिक विषयमा छलफल हुनेछ ।

प्रतिक्रियाहरु