राजनीति

संविधान संंशोधन विधेयक संसदमा टेबल, एमाले हेरेकोहेरै

काठमाडौँ, २४ पुस । संविधान संंशोधन विधेयक व्यवस्थापिका संसदमा टेबल भएको छ । नेकपा एमालेसहितका विपक्षी दलहरुको विरोधका बीच आज सो विधेयक संसदमा पेश भएको हो । आज संसद बैठक सुचारु भए लगतै निर्वाचनसम्वन्धी दुई विधेयक पेश भयो भने अख्तियार प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाउने निर्णय भयो । […]

२०७३ पुष २४ गते, आईतवार

‘निजी र सरकारी पाठ्यपुस्त बीचको विभेद अन्त्य हुन्छ’

काठमाडौँ , २३ पुस । शिक्षामन्त्री धनिराम पौडेलले निजी र सरकारी पाठ्यपुस्तकबीच विभेद रहेको भन्दै त्यसको अन्त्यको लागि मन्त्रालयले काम अगाडि बढाएको बताएका छन् । ‘संस्थागत सार्वजनिक विद्यालयका पाठ्यपुस्तकमा पनि विभेद, त्यसको अन्त्यको लागि आउँने शैक्षिकसत्रबाटै कक्षा १ र २ पुस्तक रंगीनमा छाप्ने तयारी भइरहेको छ’ मन्त्री पौडेलले भने । शनिबार संवाद डबलीमा खोजी प्रकाशनले […]

२०७३ पुष २४ गते, आईतवार

सत्तारुढ दल नै संविधान संशोधनको विपक्षमा

काठमाडौं, २३ पुस । सत्तारुढ दल राष्ट्रिय प्रजातन्त्र पार्टी संविधान संशोधनको विपक्षमा उत्रिएको छ । सो अध्यक्ष कमल थापाले मुख्य दलबीच समझदारी नबनाई संविधान संशोधन विधेयक अघि बढाउन नहुने बताएका छन् । रिपोर्टर्स क्लबका प्रतिनिधिको ज्ञापनपत्र शुक्रबार बुझ्दै अध्यक्ष थापाले दलबीच समझदारी नबनाईकन संविधान संशोधन विधेयक अघि बढाउन नहुनेमा जोड दिएका हुन् । ‘संशोधन प्रस्ताव […]

२०७३ पुष २३ गते, शनिबार

लोकमानको मुद्दा ‘हेर्दाहेर्दै’ मा

काठमाडौं, २२ पुस । सर्वोच्च अदालतमा जारी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्वित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिविरुद्धको मुद्दामा आईतवार पनि सुनुवाइ हुने भएको छ । न्यायाधीश ईश्वरप्रसाद खतिवडा, डा आनन्दमोहन भट्टराई र अनिलकुमार सिन्हाको पूर्ण इजलासमा बहस हुँदै आएको सो मुद्दामा कार्की पक्षका कानुनी व्यवसायीले बहस गरेखा छन । कार्कीका पक्षबाट वरिष्ठ अधिवक्ताहरु बद्रीबहादुर कार्की, […]

२०७३ पुष २३ गते, शनिबार

आज एमालेसहितका ९ दलले जनप्रदर्शन गर्ने

काठमाडौं, २२ पुस । प्रमुख प्रतिपक्षी दल एमालेसहितका ९ दलले आज जनप्रदर्शन गर्ने भएका छन । संविधान कार्यान्वयन, तोकिएकै समयभित्र तीनै तहको निर्वाचन, संविधान संशोधन राष्ट्रिय हितविपरीत भइरहेको भन्दै राष्ट्रिय एकताका लागि सरकारलाई दबाब दिने उद्देश्यले जनप्रदर्शन तथा आमसभा गर्न लागिएको बताइएको छ । यस बिषयमा एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईद्वारा बिहीबार […]

२०७३ पुष २२ गते, शुक्रबार

मन्त्रिपरिषद विस्तार गर्ने तयारी

काठमाडौं, २१ पुस । सरकारले संविधान संशोधन विधेयक व्यवस्थापिका–संसदमा टेबुल भएलगत्तै मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको छ । संविधानप्रति असन्तुष्ट मधेसी मोर्चाको माग सम्बोधन गर्न भन्दै दर्ता भएको संशोधन विधेयकप्रति आपत्ति जनाउँदै प्रमुख विपक्षीसहित नौवटा दलले सदन र सडक आन्दोलन चर्काइरहेका बेला सरकारले विधेयक पारित गराउने रणनीतिअनुसार मन्त्रिपरिषद् विस्तारको तयारी थालेको हो । संशोधनलाई पास […]

२०७३ पुष २१ गते, बिहीबार

नेपाल–चीन संयुक्त सैन्य अभ्यासको तयारी

काठमाडौं, २१ पुस । चिनियाँ जनमुक्ति सेनाले आगामी २८ माघमा संयुक्त सैन्य अभ्यास गर्ने प्रस्ताव गरेको छ । गत साता काठमाडौं आएको चिनियाँ सेनाको टोली र नेपाली सैनिक अधिकारीको बैठकमा चीनले उक्त मिति प्रस्ताव गरेको हो । स्रोतका अनुसार प्रस्तावित मितिमा नेपाली सेनाले सहमति जनाएको छ । तर, चिनियाँ सेनासँग अर्को बैठकमा सैन्य अभ्यासको मिति, […]

२०७३ पुष २१ गते, बिहीबार

मधेसी मोर्चा र संघीय गठबन्धनको बैठक बस्दै

काठमाडौं, २० पुस । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र संघीय गठबन्धन आज छुट्टा छुट्टै बैठकमा बस्दैछन । संविधान संशोधन विधेयकलाई प्रक्रियामा अघि नबढाएको भन्दै सरकारसँग रुष्ट बनेको उनीहरु प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलाई विश्वासमा लिने नाममा सत्तासिन दलले संविधान संशोधन विधेयकलाई अघि नबढाएको भन्दै आक्रोसित भएका छन् । आक्रोसित मोर्चाले आजको बैठकमा सर्वाेच्च अदालतको आदेश […]

२०७३ पुष २० गते, बुधबार

उपत्यका बन्द प्रभावहीन

काठमाडौं, २० पुस । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तारका कारण आफूहरु मारमा परेको भन्दै सडक विस्तारपीडित संघर्ष समितिले आज आह्वान गरेको उपत्यका बन्दको प्रभाव परेको देखिएको छैन । राजधानीका सडकमा सवारी साधन सुचारू छन् । सुरक्षाका लागि सडकमा बिहानैदेखि प्रहरीको उपस्थिति भने बाक्लो बनाइएको छ । सडक विस्तारपीडित संघर्ष समितिले सडक विस्तार गर्दा जग्गाको उचित […]

२०७३ पुष २० गते, बुधबार

राष्ट्रिय सरकारको प्रस्ताव

काठमाडौं ,१९ पुस । संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीले भने नेकपा एमाले र मधेसी मोर्चासहितको राष्ट्रिय सहमतिको सरकार गठनको प्रस्ताव राखेको बताइएको छ । राप्रपाले सीमांकनलगायतका विवाद मिलाउन उच्चस्तरीय शक्तिसम्पन्न कार्यदल बनाइ एक महिनाको समय दिन पनि बैठकमा प्रस्ताव गरेको छ ।

२०७३ पुष १९ गते, मंगलवार