राजनीति

सैनिक मुख्यालयभित्रै करोडौं भ्रष्टाचार

काठमाडौं , १४ चैत्र । सैनिक मुख्यालयले सेनाका लागि रासन आपूर्ति सम्झौता सर्तविपरीत बीचमै ठेक्का रद्द गरेपछि ठेकेदारहरू अदालत पुगेका छन्। सैनिक पृतनाहरूले ठेकेदार कम्पनीले सहमतिअनुसार रासन आपूर्ति गर्न नसकेको भन्दै एकतर्फी रूपमा ठेक्का तोडेपछि त्यसमा थुप्रै अनियमितता र कमिसनका खेलहरूले समेत भूमिका खेलेको देखिएको छ। पश्चिम पृतनाका सेनानी गुणराज अधिकारीले एनईएस प्रालिलाई पत्र लेखी […]

२०७३ चैत्र १४ गते, सोमबार

कांग्रेसको बैठकमा हिन्दू राष्ट्रको प्रस्ताव

काठमाडौं, १३ चैत । नेपाली कांग्रेसको आजबाट सुरु भएको केन्द्रीय समितिको बैठकमा हिन्दू राष्ट्रको प्रस्ताव दर्ता भएको छ । कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइराला र खुमबहादुर खड्काले अलग अलग रुपमा सो प्रस्ताव दर्ता गराएका हुन् । खड्काले हिन्दू राष्ट्र नेपाल बनाउने विषयलाई जनमत संग्रहबाट टुंगो लगाउनुपर्ने प्रस्ताव दर्ता गरेका छन् । धर्मनिरपेक्ष खारेज गरि […]

२०७३ चैत्र १३ गते, आईतवार

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं,१३ चैत । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दैछ । बैठकमा संविधान संशोधन, स्थानीय तह निर्वाचन र पार्टीको आन्तरिक संगठन व्यवस्थापनलगायतका विषयमा छलफल गरिनेछ । बैठकमा सभापति देउवाले नेतृत्व लिएको एक वर्षमा संगठन झन् शिथिल भएको भन्दै बरिष्ठ नेता रामचन्द्र पौडेल समूहले असन्तुष्टी जनाउने देखिएको छ । देउवाले कांग्रेसको नेतृत्व लिएको यही चैत ५ देखि […]

२०७३ चैत्र १३ गते, आईतवार

‘हाम्रो माग यथावत छ’

काठमाडौं, १२ चैत । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधनबारे लिखित र मौखिक सहमतिभन्दा पनि कार्यगतरुपमा नआएसम्म निर्वाचनमा सहभागी हुन नसकिने बताएका छन । उनले संविधान संशोधनबारे दलहरुबीच सैद्धान्तिक सहमति भएपनि ठोस निर्णय नभएको बताए । तमलोपा जिल्ला कार्यसमिति मोरङले आज विराटनगरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा अध्यक्ष ठाकुरले सो कुरा बताएका हुन् […]

२०७३ चैत्र १२ गते, शनिबार

प्रधानसेनापति क्षत्री र चिनियाँ रक्षामन्त्री जनरल चाङबीच भेटवार्ता

काठमाडौं, ११ चैत । प्रधानसेनापति राजेन्द्र क्षत्री र चीनका रक्षामन्त्री जनरल चाङ वानक्वानबीच सैनिक मुख्यालय जंगीअड्डामा शुक्रबार भेटवार्ता भएको छ । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा नेपालको तीनदिने औपचारिक भ्रमणमा रहेका जनरल चाङ र प्रधानसेनापति क्षत्रीबीच भएको भेटवार्ता दुबै देशका सेनाबीच रहिआएको सुमधुर सम्बन्ध र सहयोगका विभिन्न पक्षमा केन्द्रित रहेको थियो । सो अवसरमा उनीहरुबीच द्विपक्षीय […]

२०७३ चैत्र ११ गते, शुक्रबार

अनलाइन निर्देशिका तत्काल फिर्ता लिन माग

काठमाडौँ, ११ चैत । सरकारले अनलाइन मिडियालाई व्यवस्थित गर्ने नाममा नियन्त्रणमुखी निर्देशिका जारी गरेको भन्दै नेपाल पत्रकार महासङ्घले आपत्ति प्रकट गरेको छ । विगतमा ल्याइएको अनलाइन निर्देशिकाको सर्वत्र विरोध भएपछि त्यसलाई स्थगन गरी सरोकार भएका संस्थाको संलग्नतामा कार्यदल बनाइएको थियो । महासङ्घले विज्ञप्तिमार्फत ‘उक्त कार्यदलको सुझावलाई बेवास्ता गर्दै निर्वाचन आचारसंहिता लागू भएका अवस्थामा पुरानै निर्देशिकाको […]

२०७३ चैत्र ११ गते, शुक्रबार

चिनियाँ रक्षामन्त्री नेपालमा

काठमाडौँ, १० चैत । चीनका रक्षामन्त्री जनरल चाङ वानक्वान नेपालको तीनदिने औपचारिक भ्रमणका लागि आज यहाँ आइपुगेका छन् । रक्षामन्त्री बालकृष्ण खाँणको निमन्त्रणामा चाङको नेतृत्वमा १९ सदस्यीय चिनियाँ प्रतिनिधिमण्डल नेपालको औपचारिक भ्रमणमा आएको हो । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्टकक्षमा रक्षामन्त्री खाँण र सचिव श्रीधर सापकोटाले स्वागत गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग चीनका […]

२०७३ चैत्र १० गते, बिहीबार

प्रधानमन्त्री प्रचण्ड चीन जादै

काठमाडौं, चैत १० । एशियाका लागि पोआओ मञ्चको वार्षिक सम्मेलनमा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज चीन भ्रमणमा जाँदै छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल राति चीनको पोआओतर्फ प्रस्थान गर्न लागेको हो । भ्रमणका क्रममा कुनै सम्झौता भने गरिने छैन । यद्यपि, चिनियाँ राष्ट्रपति सी सिनफिङसँग राजधानी बेइजिङमा शनिवार छोटो समयका लागि भेटको […]

२०७३ चैत्र १० गते, बिहीबार

प्रस्तावित राजदूतको सुनुवाइ जारी

काठमाडौ, ९ चैत । संसदको सुनुवाइ विशेष समितिले विभिन्न ५ मुलुकका लागि प्रस्तावित राजदूतको आज पनि सुनुवाइ गर्दैछ । आज बस्ने बैठकमा समितिले श्रीलंका, बहराईन, बंगलादेश, म्यानमार र साउदी अरेबियाका लागि प्रस्तावित राजदूतमाथि सुनुवाइ गर्ने छ । सरकारले श्रीलंकामा विश्वम्भर प्याकुरेल, बहराईनमा पदम सुन्दास, बंगलादेशमा चोपलाल भुषाल, म्यानमारमा भीमकृष्ण उदास र साउदी अरेबियामा महेन्द्रप्रसाद सिंह […]

२०७३ चैत्र ९ गते, बुधबार

प्रधानमन्त्रीको चीन भ्रमणमा कुनै सम्झौता नहुने

काठमाडौं, ८ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा कुनै पनि सन्धि–सम्झौता नहुने भएको छ । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा चिनियाँ प्रधानमन्त्री ली खछ्याङ चीनमा नहुने हुँदा सन्धि–सम्झौता पनि नहुने भएको हो । परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा ‘प्रोटोकल’ नमिल्ने हुँदा कुनै पनि सन्धि–सम्झौता हुनेछैन । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा […]

२०७३ चैत्र ८ गते, मंगलवार