राष्ट्रिय सभा सदस्य शाक्यद्वारा शपथग्रहण

२०८१ बैशाख १६ गते, आईतवार

काठमाडौँ । राष्ट्रिय सभा सदस्य डा. अञ्जान शाक्यले शपथग्रहण गरेकी छन् । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनलाई पद तथा गोपनियताको शपथ ग्रहण गराएका हुन्। शाक्यलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख ६ गते राष्ट्रिय सभाको सदस्य पदमा मनोनित गरेका थिए।
शपथ ग्रहण लगत्तै सांसद शाक्यले देश र जनताको हितमा इमान्दारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गरिन्। उनले राष्ट्रिय सभाको गरिमा उचाईमा पुर्‍याउन पनि आफूले सक्दो पहल गर्ने बताइन्। एमाले विदेश विभाग सदस्य शाक्यले तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारको पालामा राष्ट्रिय योजना आयोगको सदस्यको जिम्मेवारी समेत पाएकी थिइन्।

प्रतिक्रियाहरु