दोस्रो पूर्वाधार शिखर सम्मेलन सुरु हुदै

२०७३ फाल्गुन ८ गते, आईतवार

काठमाडौं, ८ फागुन । आजदेखि दोस्रो पूर्वाधार शिखर सम्मेलन सुरु हुदै छ । ‘ ‘असल पूर्वाधार समृद्धिको आधार’ भन्ने नाराका साथ राजधानीको सोल्टी होटलमा सम्मेलन सुरु हुन लागेको हो । नेपाल उद्योग परिसंघले सरकारसँगको सहकार्यमा दुइ दिने पूर्वाधार शिखर सम्मेलन आयोजना राजधानीमा गर्न लागेको हो । सम्मेलनमा पूर्वाधार विकासमा नीजि क्षेत्रको अपरिहार्यता माथि बहस गर्ने परिसंघका अध्यक्ष हरिभक्त शर्माले जानकारी दिए । सम्मेलनमा नेपाल लगानी बोर्डले सुरु गरेको करिब ५० वटा सम्भाव्य पूर्वाधार परियोजनको प्रदर्शन समेत गरिने छ । पूर्वाधारको पहिलो शिखर सम्मेलन सन् २०१४ को नोभेम्बरमा भएको थियो ।

प्रतिक्रियाहरु