चीनले नेपालीसँग भिसा शुल्क नलिने !

२०८१ बैशाख १६ गते, आईतवार

काठमाडौँ । चीनले नेपालीसँग भिसा शुल्क नलिने भएको छ । नेपालका लागि चीनका राजदूत छन सोङले ट्वीट गर्दै मे १ अर्थात् यही वैशाख १९ गतेदेखि चीनले नेपालीसँग भिसा शुल्क नलिने बताए । उनले नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन भिसा शुल्क नलिने निर्णय गरेको जानकारी दिएका हुन । काठमाण्डौमा रहेको चिनियाँ दूतावासले आज सूचना निकालेर सन् २०२४ मे १ देखि चीन जानका लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको जानकारी गराएको हो । भिसा शुल्क नलिए पनि ’एक्सप्रेस र ’सर्भिस शुल्क भने लाग्ने दूतावासले जनाएको छ । एक्सप्रेस–२ र एक्प्रेस–१ भिसाका लागि भने क्रमशः २ हजार ७ सय र ४ हजार रुपैयाँ तिर्नुपर्नेछ । त्यस्तै समूहतर्फ एक्सप्रेस–२ र एक्सप्रेस–१ भिसा क्रमशः १ हजार ३ सय ५० र २ हजार रुपैयाँ तिर्नुपर्नेछ ।

प्रतिक्रियाहरु